Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पञ्जीकरणमा सही गराउँन घण्टौ कुद्नै वडाअध्यक्ष

  • ८ वर्ष अगाडि

बागलुङ, पुस १० । बागलुङका एक वडा अध्यक्षको दैनिकी पञ्जीकरणका कागजपत्र भरेर सही गराउँन कुद्नैमा दिन वित्ने गरेको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको दैनिकी वडामा दर्ता हुने पञ्जीकरण फाराम भरेर पञ्जीकाधिकारीको हस्ताक्षरका लागि घण्टौ कुद्दै वित्ने गरेको हो ।
नगरपालिकाको केन्द्रदेखि नजिकै रहेको उक्त वडामा वडा लामो समयदेखि कर्मचारीहरु नहुँदा वडामा भएका सबै काम भ्याउँन वडा अध्यक्षलाई हम्मेहम्मे छ । स्थानीय तहको निर्वाचनपछि वडा तहमै सबै काम र अधिकार हस्तान्तरण भएपनि कर्मचारी हस्तान्तरण नहुँदा सबै काम वडा अध्यक्षले नै गर्नुे अवस्था आएको वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो ।
अध्यक्षले हस्ताक्षर गरेर हुने कागजातका लागि खासै समस्या नभएपनि पञ्जीकाधिकारीले हस्ताक्षर गर्नुपर्ने कागजातहरुका लागि आफू दैनिक दौडधुप गर्नुपरेको सापकोटाको भनाई छ । नगरका अन्य वडामा सचिव, सहयोगी भएपनि आफ्नो वडामा कोहीपनि नहुँदा एक्लैले काम भ्याउनु परेको उहाँको भनाई छ । ‘नगरपालिकामा कार्यपालिका लगायत अन्य विषयका बैठक हुन्छन्, बैठकमा जानु पर्दा वडा कार्यालयनै बन्द गर्नुपर्ने अवस्था छ ।’ सापकोटाले भन्नुभयो ।
केही समय स्थानीय जनप्रतिनिधिको रुपमा वडा सदस्यहरुले साथ दिएपनि अहिले एक सदस्य व्यवसाय तथा एक सदस्य जिल्ला बाहिर भएकाले आफूले एक्लै काम गर्नुपरेको सापकोटाको गुनासो छ । ‘म वडामा केही गर्छु भनेर वडा अध्यक्ष भएको थिए, तर अहिले वडा कार्यालयमा आउने सेवाग्राहीको कामका लागि लेख्दा लेख्दै हाँत गल्छन्, फेरी पञ्जीकरणका लागि अन्यत्रै वडामा खटिएका वडा सचिवलाई खोज्न दौडदा दौडदा खुट्टा गल्छन् ।’ सापकोटाले भन्नुभयो ।
वडामा केही नभए जनताले गाली गर्ने भएकाले योजना निर्माण, सम्झौता, कार्यान्वयनको अवस्था, अनुगमन, दैनिक प्रशासनिक काम लगायत धेरै गर्नुपर्दा समस्या भएकाले आफू राजिनामा दिने मनस्थितिमा पुगेको सापकोटाको भनाई छ । ‘जनप्रतिनिधिको काम र कर्मचारीको काम सबै आफै गर्नुपर्छ, एकजना कृषि प्राविधिक वडामा भएपनि कृषिका काममा बढी व्यस्त हुनुपर्छ, एक्लै कति काम भ्याउँनु बरु राजिनामा दिएर आनन्दको जीवन विताउँकी भन्ने सोंच समेत बनाएको छु ।’ सापकोटाले भन्नुभयो ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले कार्यालयमा कर्मचारीको अभाव भएका कारण वडामा कर्मचारी पठाउँन नसकिएको बताउनुभयो । ‘हाम्रो नगरपालिकाको मुख्य काममापनि कर्मचारी अभाव छ, हामीले सामान्य प्रशासन मन्त्रालयमा माग गरिरहेका छौं, कार्यालय खारेजीपछि खाली रहेका कर्मचारीहरु व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीले केही गर्न सक्नुहुन्छ की भनेर छलफल गरेका छौं, दरबन्दी प्राप्त भएपछि वडामा पठाउँने सोंचमा छौं ।’ शर्माले भन्ुनुभयो । नगर कार्यपालिकाको बैठकले कार्यालय सहयोगी नियुक्ति गर्ने निर्णय गरेपछि नियुक्ती गर्ने प्रक्रिया अगाडि बढेकाले कार्यालय सहयोगी भए वडामा केही सहज हुने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com