Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बन्ने भाे नेपालकै लामाे पुल

  • ४ वर्ष अगाडि

बागलुङ, पुस ९ बागलुङको बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्नेगरी निर्माण गर्न लागिएको मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । अर्थमन्त्रालयले पुल निर्माणका लागि आवश्यक पुल निर्माण प्रविधि खरिदका लागि सहमती दिएपछि पुल निर्माणको काम सुरु भएको हो ।

 

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा र कुश्मा नगरपालिका वडा नं. १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको पाँच सय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताउनुभयो ।

 

२०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाको पहलमा तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।
अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको प्रमुख थापाले बताउनुभयो । ‘हामीले यही पुल निर्माण गर्ने भनेरै लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौं, अर्थ मन्त्रालयले बजेट स्वीकृतपछि मेसिन खरिद र निर्माणको प्रक्रिया एकसाथ अगाडि बढाउँने सोंच बनाएका छौं ।’ थापाले भन्नुभयो ।

 

२०५९ सालमा सर्वेक्षण गर्दा छनोट गरिएको जमिन भन्दा केही पर पुग्ने भएकाले तत्कालिन समयमा सर्वेक्षण गर्दा पाँच सय ४५ मिटर लामो हुने भनिएको उक्त पुल पुनः सर्वेक्षण गर्दा पाँच सय ६७ मिटर लामो हुने भएपछि पुलको लम्बाई, लठ्ठा तथा अन्य भौतिक संरचनाका बारेमा डिपिआर परिवर्तन गरेर अगाडि बढ्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि ठूलो खोंच क्रस गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ बजारसँग व्यसायीक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका केही वडा र जलजला गाउँपालिकाका केही वडावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेगरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडिनै दवाव दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

 

कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । २०५९ सालमा पाँच करोड ८४ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि करिब १० करोड रुपियाँ खर्च हुने सस्पेन्न ब्रिज डिभिजन कार्यालयका इन्जिनियर बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki