Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाल विवाह न्यूनिकरणका लागि विवाह बदर

  • ७ वर्ष अगाडि

बागलुङ पुस ९ । बागलुङको विकट तमानखोला गाउँपालिकाले उमेर नपुग्दै हुने विवाहका कारण समाजमा नकरात्मक प्रभाव पारेकोभन्दै बाल विवाह बदर अभियान सुरु गरेको छ । उमेर नपुग्दै तथा बालबालिका अवस्थामै विवाह हुँदा त्यसले घर परिवार, समाज र समग्र राष्ट्रलाईनै असर पु¥याएको भन्दै त्यसको न्यूनिकरणका लागि बाल विवाह बदर अभियान सुरु गरेको हो ।

तमानखोला गाउँपालिकाको प्रमुख केन्द्र बोङ्गादोभान ।

बढी मात्रामा दलित तथा जनजातीको बसोवास रहेको गाउँपालिकामा बाल विवाह, उमेर नपुगी विवाह हुने गरेकाले त्यसको अन्त्यकालागि विवाह बदर जस्तो कठोर काम सुरु गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । शारिरिक तथा मानसिक रुपमा विवाहका लागि तयार नहुँदै सानै उमेरमा विवाह गर्दा गाउँपालिकामा पारिवारिक बेमेल, सम्बन्ध विच्छेद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि त्यस्ता विवाहलाई बदर गर्ने अभियान सुरु गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।
गाउँपालिकाले माघ महिनादेखि हालसम्म १० जोडीको विवाह बदर गरेको छ । बदर गरिएका ति जोडीहरु उमेर नपुगी विवाह गरेका जोडी तथा तिनका अभिभावकहरुलाई सम्झाई बुझाई विवाह बदर गरेर जोडी छुटाइएको अध्यक्ष बुढाले बताउनुभयो । नेपालको कानुनमा १८ वर्षमुनी बिहे गर्दा बाल विवाह र २० वर्ष भन्दा कम उमेरमा बिवाह गर्दा उमेर नपुगेको भनी उल्लेख गरेकाले गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेको बताएको छ ।
१८ वर्षको उमेमा विवाह गरेका तमान गाउँका रबिन रसाईलीले गाउँपालिकाले उमेर कम छँदै विवाह गरेको भन्दै २० वर्षपछि विहे गर्ने कागज सहित आफ्नो जोडी छुटाइदिएको बताउनुभयो । अहिले उनीहरुका दुवैजना आ–आफ्नो घरमा बस्दै आएका छन् । गाउँपालिकाले एक्कासी यस्तो निर्णय गर्दा आफूसँगै आफ्ना अभिभावक समेत आक्रोशित भएपनि पछि गाउँपालिकाले उमेर नपुग्दै हुने विवाहका बेफाइदाका बारेमा सम्झाइ बुझाई गरेपछि केटा पक्ष र केटी पक्षका अभिभावकले समेत सहज स्वीकार गरेका थिए । रसाइलीकी आमा लालकुमारी रसाइलीले गाउँमा उमेर नपुग्दै विवाह गर्दा धेरैका घरवार असफल देखिएपनि गाउँमा व्याप्त बाल विवाह अन्त्यका लागि गाउँपालिकाले गरेको काम सह्रानीय भएको बताउनुहुन्छ । ‘हाम्रा पालामा सानै उमेरमा विवाह गर्ने चलन थियो, हामी पनि सानै उमेरमा विवाह गरेर आएका हौं, अहिलेपनि धेरै ठाउँमा यस्तो परम्परा रही आएकोमा त्यो अन्त्यका लागि गाउँपालिकाले गरेको काम राम्रो लागेरै छोराले विवाह गरेको जोडीलाई छुटाउँन तयार भयौं ।’ रसाइलीले भन्नुभयो ।
तमानखोला गाउँपालिकामा अधिकांश दलित तथा मगर समुदायको बसोबास छ । यहाँ रहेका मगर समुदायमा प्रेम विवाहसंगै हक लाग्ने विवाह बढी मात्रामा हुने गरेको पाइन्छ । मामाको छोरी मन प¥यो भने सुरुमा फकाउने र नमानेपछि लतारेर घर भित्राएर विवाह गर्ने प्रचलन अझैपनि देखिन्छ । आर्थिक, सामाजिक रुपमा परिपक्व नहुदैँ गरिने यस्ता विवाहले हत्या, हिंसा, बहुविवाह र सम्बन्ध विच्चेद जस्ता घटनाहरु हुने गरेको पाइएको छ ।
गाउँपालिकाको न्यायीक समितिले गाउँपालिकामा हुने यस्ता गतिविधि न्यूनिकरणका लागि लिखित वा मौसक उजुरी दिन स्थानीयलाई आग्रह गरेको थियो । सोही अनुसार न्यायीक समितिमा परेका उजुरीका आधारमा १० जोडीको विवाह बदर गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक मानसरी घर्तीले बताउनुभयो । ‘हामीले बाल विवाहपछिका असरहरुको बारेमा गहिरो अध्ययन ग¥यो, समाजमा बढ्दो समस्यालाई समाधान गर्नका लागि केही कठोर हुनैपर्ने देखेर विवाह बदर गरेका हौं, अहिले गाउँपालिकाले विवाह बदर गरेका मध्य हक लाग्ने वा पारिवारिक सम्बन्धमा विवाह गरेकाहरु आ–आफ्नै घरमा पुरानै नाता सम्बन्धका आधारमा बसीरहेका छन्, मायाप्रेममा परेर विवाह गरेकाहरु २० वर्ष पुगेपछि विवाह गर्ने सोंचमा छन् ।’ उपाध्यक्ष घर्तीले भन्नुभयो ।
गाउँपालिकाले बाल विवाहलाई निरुत्साहित गर्नका लागि वृत्तचित्र निर्माण गरेर जनचेतना जगाउँन लागेको छ । बृत्तचित्रका परिकल्पनाकार पत्रकार नविन शिशिर बिकले परिपक्क उमेर नहुँदै गरिएका विवाह लामो समय नटिक्ने भएकाले उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश सहितको बृत्तचित्र निर्माण गरिएको बताउनुहुन्छ । ‘हामीले अध्ययनका क्रममा धेरै यस्ता घटनाहरु देख्यौं, जसले उमेर परिपक्क नहुँदै विवाह ग¥यो उसको उमेर पुगेपछि पुनः दोस्रो, तेस्रो विवाह भएको, श्रीमान श्रीमतीबीच विछोड भएको जस्ता घटनाहरु हामीले देखेकाले यसैलाई बृत्तचित्रमा समावेश गरेका छौं । यसले बाल विवाह न्यूनिकरणका लागि ठूलो मद्धत पुगेको छ ।’ शिशिरले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com