Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आयुर्वेद स्वास्थ्य शिविरमा छ सयको निःशुल्क उपचार

  • ८ वर्ष अगाडि

पर्वत, ३० पुस । यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिनुभयो ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com