Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बागलुङमा विद्यालय पुनःनिर्माणले गति लिँदै

  • ४ वर्ष अगाडि

बागलुङ, ३० पुस । भूकम्पले क्षति पु¥याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ ।

चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण हुने क्रममा छन् । ‘‘सम्झौता भएर काम अघि बढेको छ’’, एकाइका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले भन्नुभयो, “आउँदो असारभित्र सक्ने लक्ष्य छ ।” अघिल्लो वर्षका थप दुई विद्यालय भवन समेत क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् ।

प्राधिकरणले चारकोठे भवनका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान उपलब्ध गराएको छ । त्यस्तै तीनकोठेका लागि बढीमा रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ९० हजारसम्म अनुदानको व्यवस्था छ ।

चारकाठे भवन पक्की (आरसिसी) हुने र तीन र दुईकोठे भवन ‘ट्रष्ट’ को हुने जनाइएको छ । जिल्लामा भूकम्पले भत्काएकामध्ये अझै ७२ वटा विद्यालय पुनःनिर्माणको पखाइमा छन् । ‘‘माग भइआएका सबैको सिफारिस प्राधिकरणमा पुगेको छ’’ इञ्जिनीयर साहले भन्नुभयो, “यो वर्ष ४० को स्वीकृत भयो, बाँकी अर्को वर्ष हुन्छ ।”

भूकम्प गएको दुई वर्षपछि जिल्लामा आयोजना एकाइ स्थापना भएका कारण पुनःनिर्माणमा ढिलाइ भएको हो । विद्यालय पुनःनिर्माण गर्दा भौगोलिक अध्ययन, ‘डिजाइन’, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ ।

पुनःनिर्माण जिल्ला समन्वय समितिले क्षति पुगेका सबै विद्यालयलाई लाभग्राहीको सूचीमा राख्न प्राधिकरणसँग माग गरेको छ । समितिका अध्यक्ष एवं सङ्घीय सांसद देवेन्द्र पौडेलले अनुदानबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभयो ।

‘‘कम क्षति भएको जिल्ला भएका कारण बागलुङमा प्राधिकरण ढिलो आयो’’ उहाँले भन्नुभयो, “अब पुनःनिर्माणलाई गति दिनुपर्छ ।” पुननिर्माण नहुँदा कतिपय विद्यालयले चर्केकै भवनमा जोखिम मोलेर पठनपाठन गराइरहेका छन् । विद्यालय भवनको पुनःनिर्माणलाई प्राधिकरणले प्राथमिकता दिएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

‘‘निजी आवाससँगै विद्यालय पुनःनिर्माण पनि धमाधम भइरहेको छ’’ उहाँले भन्नुभयो, “प्राधिकरणले तोकेको मापदण्ड विपरीत बनेका संरचनालाई भने अनुदान नदिइने उहाँले स्पष्ट पार्नुभयो ।”

जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki