Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन्

  • ७ वर्ष अगाडि

दार्चुला, १ माघ ।

दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ ।

सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट पाँच छ क्विन्टल बढी सिसा उत्खनन् भएपछि काम रोकिएको थियो ।

सिसाखानी उत्खनन् शुरु गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताउनुभयो । खानी शुरु भएदेखि नै स्थानीय मजदुरले नै काम पाउनुपर्ने माग स्थानीयवासीले गरेका थिए ।

खानीसम्म सडक पुगेको छैन । भौगोलिक रुपमा विकट भए पनि माइन्स प्रालिले खानी उत्खनन् शुरु गरेको थियो । “सडक पहुँचबाट टाढा रहेका कारण सबै क्षेत्रमा उपकरण पु¥याएर उत्खनन् हुने अवस्था अहिले नै थिएन”, व्ल्याक हेड माइन्स प्रालिका राममणि भुसालले भन्नुभयो । थौरै प्राविधिक समस्याका कारण पनि पुनः उत्खनन् गर्न नसकेको उहाँको भनाइ थियो ।

खानी उत्खनन्का लागि दक्ष जनशक्ति बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । ढिला भए पनि खानी उत्खनन् गरिने प्रालिले जनाएको छ । अहिले सडक पहुँच नहुँदा रानीशिखरबाट सडकसम्म पुग्नै चार घण्टा बढी उकाली ओराली गर्नुपर्छ ।

छ महीनामा चौध लाख राजश्व सङ्कलन

छोटी भन्सार दार्चुलाले चालू आर्थिक वर्षको छ महीनामा रु १४ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ । दार्चुला सदरमुकाम खलङ्गाको धारचुलासँग जोडिएको भन्सार कार्यालयले सोमबारसम्म रु १४ लाख ५९ हजार ५२५ राजश्व सङ्कलन गरेको निमित्त प्रमुख नरसिंह बडालले बताउनुभयो ।
कार्यालयले साउनमा रु दुई लाख १३ हजार ९४९, भदौमा रु एक लाख ५७ हजार १५४, असोजमा रु तीन लाख ३० हजार ९१२, कात्तिकमा रु तीन लाख ३२ हजार २७९, मङ्सिरमा रु एक लाख ३० हजार ५३० तथा पुस महीनामा रु दुई लाख ९४ हजार ७०१ सङ्कलन गरेको छ ।

दार्चुलाको एक मात्रै छोटी भन्सार कार्यालयको रुपमा खलङ्गा रहेको छ । यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट हो । दार्चुलाको जौलजीवी, दत्तुमा विगतदेखि नै नेपाल भारत जोडिएको झोलुङ्गे पुल भए पनि भन्सार कार्यालय छैन ।

यस्तै गत वर्ष व्यास गाउँपालिका–६ तिरगमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ भने यो आर्थिक वर्षमा लेकम गाउँपालिकाको वडा नं ३ लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । योसँगै चार ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको भए पनि छोटी भन्सार कार्यालय स्थापनाको लागि पहल नभएको बडाल बताउनुहुन्छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com