Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन्

  • ४ वर्ष अगाडि

दार्चुला, १ माघ ।

दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ ।

सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट पाँच छ क्विन्टल बढी सिसा उत्खनन् भएपछि काम रोकिएको थियो ।

सिसाखानी उत्खनन् शुरु गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताउनुभयो । खानी शुरु भएदेखि नै स्थानीय मजदुरले नै काम पाउनुपर्ने माग स्थानीयवासीले गरेका थिए ।

खानीसम्म सडक पुगेको छैन । भौगोलिक रुपमा विकट भए पनि माइन्स प्रालिले खानी उत्खनन् शुरु गरेको थियो । “सडक पहुँचबाट टाढा रहेका कारण सबै क्षेत्रमा उपकरण पु¥याएर उत्खनन् हुने अवस्था अहिले नै थिएन”, व्ल्याक हेड माइन्स प्रालिका राममणि भुसालले भन्नुभयो । थौरै प्राविधिक समस्याका कारण पनि पुनः उत्खनन् गर्न नसकेको उहाँको भनाइ थियो ।

खानी उत्खनन्का लागि दक्ष जनशक्ति बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । ढिला भए पनि खानी उत्खनन् गरिने प्रालिले जनाएको छ । अहिले सडक पहुँच नहुँदा रानीशिखरबाट सडकसम्म पुग्नै चार घण्टा बढी उकाली ओराली गर्नुपर्छ ।

छ महीनामा चौध लाख राजश्व सङ्कलन

छोटी भन्सार दार्चुलाले चालू आर्थिक वर्षको छ महीनामा रु १४ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ । दार्चुला सदरमुकाम खलङ्गाको धारचुलासँग जोडिएको भन्सार कार्यालयले सोमबारसम्म रु १४ लाख ५९ हजार ५२५ राजश्व सङ्कलन गरेको निमित्त प्रमुख नरसिंह बडालले बताउनुभयो ।
कार्यालयले साउनमा रु दुई लाख १३ हजार ९४९, भदौमा रु एक लाख ५७ हजार १५४, असोजमा रु तीन लाख ३० हजार ९१२, कात्तिकमा रु तीन लाख ३२ हजार २७९, मङ्सिरमा रु एक लाख ३० हजार ५३० तथा पुस महीनामा रु दुई लाख ९४ हजार ७०१ सङ्कलन गरेको छ ।

दार्चुलाको एक मात्रै छोटी भन्सार कार्यालयको रुपमा खलङ्गा रहेको छ । यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट हो । दार्चुलाको जौलजीवी, दत्तुमा विगतदेखि नै नेपाल भारत जोडिएको झोलुङ्गे पुल भए पनि भन्सार कार्यालय छैन ।

यस्तै गत वर्ष व्यास गाउँपालिका–६ तिरगमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ भने यो आर्थिक वर्षमा लेकम गाउँपालिकाको वडा नं ३ लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । योसँगै चार ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको भए पनि छोटी भन्सार कार्यालय स्थापनाको लागि पहल नभएको बडाल बताउनुहुन्छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki