Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

११३ स्थानमा झोलुङ्गे पुलको निर्माण

  • ७ वर्ष अगाडि
 जाजरकोटमा पुल निर्माण भएर खाली रहेको तुइनमा ट्याक्टर तारिदै । 

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो ।

त्यतिबेला देशभरमा १८७ तुइनको पहिचान भएको सस्पेन्स विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । विसं २०७२ मा नै देशभरमा कुनकुन स्थानमा तुइनमार्फत स्थानीयवासी जोखिमपूर्ण रुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षहरुमा सरकारले झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ । “जति ठाउँमा बाँकी छन् त्यहाँ पनि केही न केही समस्या छ”, उहाँले भन्नुभयो । त्यो समस्या हटाएर देशभर तुइन विस्थापित गर्न विभाग लागेको छ । त्यतिबेला पहिचान भएका पुलमध्ये ५२ पुल आवश्यक नभएको विभागले बताएको छ । त्यस स्थानको नजिकै अर्काे झोलुङ्गे पुल भएकाले वा चाँडै त्यस स्थानमा मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानमा झोलुङ्गे पुलको निर्माण नगर्ने निर्णय भएको हो ।

हिउँदमा मात्रै बग्ने र साना खोलाभन्दा बाह्रै महीना खोला तर्न नसकिने ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिइएको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँबाट सकेसम्म ग्रामीण भेगका त्यस्ता ठाउँमा झोलुङ्गे पुल बनाउँछौँ जुन ठाउँमा १० वर्षसम्म पनि मोटरबाटोको सम्भावना छैन ।” पहिचान भएका पुलमध्ये अहिले १७ स्थानमा अहिले काम भइरहेको छ । १८७ तुइनमध्ये ११३ स्थानमा सम्पन्न छन् र ५२ ठाउँमा पुल नचाहिने पाइएको छ । महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिन्छ ।

देशभरका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण अघि बढ्न नसक्नुमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गासम्बन्धी समस्या रहेको छ । सरकारको कतै पनि पुल निर्माण गर्नका लागि मुआब्जा दिने व्यवस्था गरेको छैन । त्यसो हुँदा सार्वजनिक जग्गा भएका ठाउँमा सजिलै पुल बन्ने भए पनि निजी जग्गा भएका ठाउँमा विवाद आइरहेको इञ्जिनीयर मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन ठाउँमा पुल निर्माण गर्न चाहेको हो वा पुल आवश्यक छ त्यस स्थानमा स्थानीयवासीले स्वइच्छाले जग्गा नछाड्दा समस्या आउने गरेको छ ।”

महाकाली नदीमा आठ वटा तुइन रहेको अध्ययनका क्रममा देखिएको थियो । तीमध्ये तीन पुलको निर्माण सकियो भने पाँच पुलको निर्माण शुरु हुन सकेको छैन । यी पुलले नेपाल र भारत जोड्छ । पुल निर्माणका लागि त्यहाँका प्रदेश सरकारले सहमति नदिँदा पुल निर्माण हुन नसकेको उहाँले बताउनुभयो । स्थानीयस्तरबाट आएका मागबाट बढी आवश्यक भएका ठाउँको छनौट गरेर विभागले पुल निर्माण गर्दै आएको छ । तुइन विस्थापित गर्ने पुलसँगै अरु पुल गरेर यो आर्थिक वर्षभित्रमा १०० पुलको निर्माण सक्ने विभागको योजना छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका यो विभागले १२० मिटरभन्दा लामो पुलको निर्माण गर्दै आएको छ । त्यो भन्दा छोटो पुल गाउँपालिका र नगरपालिकाले निर्माण गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com