Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सडकसँगै भित्रिने फोहोर व्यवस्थापनमा महिलाहरु

  • ६ वर्ष अगाडि

बागलुङ, माघ ४ । मध्य बागलुङको बडिगाढ क्षेत्रमा सडकसँगै भित्रिने फोहोर व्यवस्थापनमा महिलाहरु सक्रिय भएर लागेका छन् । सफा र सुन्दर क्षेत्रका रुपमा परिचित बडिगाढ क्षेत्रहुँदै मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण भएपछि सडकसँगै भित्रिने फोहोर व्यवस्थापनमा महिलाहरुले सक्रियता देखाएका हुन् । सडकमा सवारीसाधनको चाप बढ्दै जाँदा सुन्दर ठाउँ कुरुप हुनेगरी फोहोर बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि सक्रिय भएर लागेको बडिगाड गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष विष्णु पुरीले बताउनुभयो । दैनिक सयौं दिवा तथा रात्री यात्रुवाहक सवारीसाधनहरु चल्न थालेपछि बढ्दो फोहोर व्यवस्थापनका लागि आफूहरु सक्रिय हुनु परेको पुरीको भनाई छ ।

यात्रुवाहक सवारीसाधनले जहाँपायो त्यही गाडी रोक्दा जथाभावी दिसापिसाव गर्ने, यात्रुले वान्ता गरेका प्लाष्टिकका पोकाहरु, यात्रुहरुले उपभोग गर्ने उपभोग्य बस्तुका खोल तथा बोतल जहाँतही फाल्ने गर्दा फोहोर बढ्न थालेपछि महिलाहरुले सवारीचालक तथा यात्रुहरुलाई सम्झाई बुझाई गर्ने तथा त्यसो गर्दा नमाने जरिवाना तिराउँने कामको थालनी गरेको पुरीले बताउनुभयो । ‘हामीले अहिले लोकमार्ग क्षेत्रमा फोहोरमैला तथा प्लाष्टिक फ्याक्न निषेध गरिएको जानकारी सवारीचालकहरुलाई पहिल्यै गराएका छौं, उनीहरुले आफ्नो सवारीसाधन भित्र उत्पादन हुने फोहोरको सही ठाउँमा व्यवस्थापन गर्नुपर्छ भनेका छौं, यति गर्दापनि मानेन भने हामीले जरिवाना तिराउँनेदेखि कारवाही समेत गछौं ।’ पुरीले भन्नुभयो ।

बडिगाढ गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र खर्वाङ बजार क्षेत्रमा पर्ने वडा नम्बर दुईका ५५ जना महिलाहरु सहभागी भएर महिनामा दुईपटक सडकको सरसफाई गर्ने, दैनिक रुपमा चल्ने सवारी साधनमा जनचेतनामूलक कार्यक्रमहरु गर्ने तथा अटेर गर्नेलाई तत्कालन जरिवाना तिराउँने काम भइरहेको स्थानीय गीता अर्यालले बताउनुभयो । जरिमानाबाट संकलन भएको रकमबाट गाउँमा सरसफाई गर्ने सामाग्री ल्याउने, फोहोर फाल्नका लागि बाल्टिन राख्ने गरिएको छ ।

मध्यपहाडी लोकमार्ग क्षेत्रमा सवारी चलाउँनेहरुले यात्रुहरुलाई प्लाष्टिक दिंदा समेत व्यवस्थित ठाउँमा नपुग्दै बीच सडकमौ फाल्ने गरेकाले फोहोर बढ्दै गएको बताउँछन् । ‘हामीले फोहोर बाहिर नफालौं भन्छौं, तर आफैले गरेको फोहोर आफ्नो हातमा एक छिन राख्ननै सक्दैनन, यात्रुहरु दिसापिसावका लागि उपयुक्त ठाउँ नआउँदै झरेर दिसापिसाव गर्ने गरेकाले यस्ता अभियानले यात्रुहरुलाई सचेत गराएको छ ।’ त्यस क्षेत्रमा सवारी चलाउँदै आएका राम गुरुङले भन्नुभयो ।

अभियान सुरु गरेपछि महिलाहरुले दैनिक निगरानी गर्दा यो अभियानले सफलता पाएको बडिगाढ गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले बताउनुभयो । ‘गत वर्षदेखिनै यस क्षेत्रका महिलाहरु सरसफाईमा सक्रिय भएर लागेका छन्, यही अभियानको प्रभावले अहिले यो क्षेत्रमा यात्रा गर्नेहरुले झट्ट सडकमा फोहोर फाल्न आँट गर्न सक्दैनन, उनीहरुले चलाएको अभियानलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि गाउँपालिकाले समेत सहयोग गर्न तयार छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com