Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विरुवा नपाउँदा योजना प्रभावित

  • ७ वर्ष अगाडि

बागलुङ, माघ २२ गते । आवश्यक विरुवा नपाउँदा गाउँपालिकालाई फलफुलको पकेट क्षेत्र बनाउँने बडिगाड गाउँपालिकाको योजना प्रभावित बनेको छ । बागलुङको बडिगाड गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि तय गरेको योजना विरुवा अभावले प्रभावित बनेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा छ हजार हिउँदे फुलफुलका विरुवा वितरण गर्ने योजना बनाएपनि विरुवा नपाउँद योजना प्रभावित बनेको गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिनुभयो ।

कृषि अगुवाको रुपमा परिचित अध्यक्ष पाइजाले गाउँपालिकाको माथिल्लो भेगमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने किवी तथा ओखरका विरुवा लगाउँने योजना अनुसार विरुवा खोजी भएपनि पाउँन नसक्दा योजना प्रभावित बनेको बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हिउँदे फलफुल खेती कार्यक्रम सञ्चालन गर्ने भनिएपनि देशका विभिन्न ठाउँमा विरुवा खरिदका लागि पुगेपनि नपाउँदा निरास हुनुपरेको अध्यक्ष पाइजाले बताउनुभयो ।

बडिगाड गाउँपालिकाको माथिल्लो भेगमा किवी तथा ओखरको राम्रो उत्पादन हुने भएकाले नेपालका विभिन्न ठाउँमा विरुवा खरिदका लागि आफै पुगेपनि विरुवा नपाउँदा कार्यक्रमनै प्रभावित हुने अवस्था सिर्जना भएको अध्यक्ष पाइजाले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा हिउँदे फलफुल खेती प्रवद्र्धन कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।

बाहिरी बजारमा किवी र ओखरको विरुवा खरिद गर्दा महंगो पर्ने भएकाले सितोष्ण बागवानी केन्द्र दोखलामार्फत सहुलियतमा विरुवा खरिद गर्ने योजना सहित केन्द्रलाई यस अगाडिनै पत्राचार गरिएपनि विरुवा लिने समयमा विरुवा नपाएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक घरमा किवी तथा ओखरको खेती गर्ने योजना अनुसार हरेक घरलाई ५÷५ किवी तथा ओखरको विरुवा वितरण गर्ने योजना बनाएको थियो ।

खुल्ला बजारमा प्रतिगोटा पाँच सयदेखि आठ सय रुपियाँसम्म पर्ने किवीको विरुवा केन्द्रमार्फत खरिद गर्दा प्रतिगोटा एक सय रुपियाँ मात्र पर्ने भएकाले सोही अनुसार खरिदको तयारी गरिएकोमा अहिले विरुवा नपाउँदा योजना कार्यान्वयनमा समस्या भएको बडिगाड गाउँपालिकाका प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । सात÷सात हजार किवी र ओखरका बिरुवा माग गरेको गाउँपालिकाले दुइ सय ७२ वटा किवी र पाँच सय वटा मात्रै ओखरका बिरुवा पाएको छ । गाउँपालिकाले बागवानी केन्द्रलाई विरुवा उत्पादन गर्नुपुर्वनै आधिकारिक पत्राचार गरेका थियो । पछि विरुवा लिन दोखला पुग्नुभएका गाउँपालिका अध्यक्ष पाइजाले किवी र ओखरका बिरुवा नपाएपछि केही हलुवाबेद र अंगुरका बिरुवा लिएर फर्कनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com