Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

थापाखोलाबाट पुनः विद्युत उत्पादन

  • ५ वर्ष अगाडि

बागलुङ, फागुन ८ गते । बाढीका कारण क्षती पुगेपछि बन्द भएको साढे १३ मेगावाटको थापाखोला जलविद्युत आयोजना छ महिनापछि पुनः सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचेमा एक वर्ष अगाडि साढे दुई अर्व रुपियाँमा निर्माण गरिएको उक्त आयोजनामा बाढीले क्षती पुराएपछि छ महिनादेखि बन्द भएको थियो ।
साउन २६ गते खोलामा आएको बाढीले जलविद्युत आयोजनाको ड्याम, सुरुङ तथा ड्याममा राखिएका इलेक्ट्रीक मेसिनहरुमा क्षती पुराएपछि बन्द भएको जलविद्युत आयोजनालाई ३० करोड रुपियाँ खर्च गरेर मर्मत गरिएपछि नियमित विद्युत उत्पादन सुरु भएको आयोजनाका इलेक्ट्रीकल इन्जिनियर सुदीप भण्डारीले जानकारी दिनुभयो ।
माउण्ट कैलास इनर्जी कम्पनीले २०६९ बैशाखबाट निर्माण सुरु गरेको उक्त जलविद्युत आयोजनाबाट उत्पादिन विद्युत २०७४ मंसिर ७ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोडिएको थियो । आयोजनाले विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्नकै लागि आफ्नै लगानीमा सवस्टेशन निर्माण तथा म्याग्दीको दानादेखि कोवाङसम्मको पुरानो तार विस्थापित गरी नयाँ तार जडान गरेर बिद्युत बिक्री सुरु गरेको थियो । नियमित उत्पादनमा गएको केही महिनामै बाढीका कारण क्षतीग्रस्त हुँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको कम्पनीले जनाएको छ ।
बाढीले क्षती पुराएको झिरुङमा रहेको ड्याम, एक हजार आठ सय ३० मिटर लामो सुरुङमार्ग र विभिन्न इलेक्ट्रक मेसिनहरुमा पुराएको क्षतीलाई पूर्णरुपमा मर्मत गरी नियमित विद्युत उत्पादनको काम सुरु गरिएको आयोजनाका इलेक्ट्रीकल इन्जिनियर सुदिप भण्डारीले बताउनुभयो । वर्षाद्को समयमा साढे १३ मेगावाट विद्युत उत्पादन हुने उक्त आयोजनाबाट अहिले चार देखि पाँच मेगावाट विद्युत उत्पादन भइरहेको भण्डारीले बताउनुभयो ।
‘हामीले छ महिना लगाएर जलविद्युत आयोजना मर्मत गरेका छौं, ड्यामदेखि विद्युत पावरहाउससम्मको पानी लैजानका लागि सुरुङको प्रयोग गरिएकाले ड्याम, सुरुङमार्ग, अन्य उपकरण मर्मत गरेर नियमित उत्पादनमा गएका छौं, लामो समय विद्युत उत्पादन नहुँदा कम्पनीलाई ठूलो आर्थिक नोक्सानी तथा नेपाल विद्युत प्राधिकरणलाई नियमित विद्युत प्रशारणमा समस्या भएको थियो ।’ भण्डारीले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले छ–छ महिना अर्वौ खर्च गरेर निर्माण गरिएको विद्युत उत्पादन बन्द हुँदा कम्पनीलाई ठूलो नोक्सानी भएको बताउनुभयो । ‘थापाखोलाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएका कारण विद्युत उत्पादन बन्द हुँदा धौलागिरिलाई केही प्रभाव नपरेपनि राष्ट्रिय स्तरमा साढे १३ मेगावाट विद्युत कम उत्पादन हुँदा केही समस्या अवश्य परेको थियो ।’ कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिप्स उत्पादन गर्दै रामपुरका महिला

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com