Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरल्ला नाकामा भन्सार कार्यालय स्थापनाको तयारी

  • ७ वर्ष अगाडि

बागलुङ, फागुन ९ गते । चिनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरल्ला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया सुरु गरिएको छ । चिन सरकारले नाका सञ्चालनको पूर्व तयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुराइसकेपछि नेपाल सरकारले भन्सार कार्यालयका लागि आवश्यक जग्गा व्यवस्थापनको काम सुरु गरेको हो ।
नेपालले नेपाल–चिन बीचको कोरल्ला नाका सञ्चालनका लागि चिन सरकासँग आवश्यक छलफल चलाउँदा साथ चिन सरकारले भन्सार कार्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचनाहरु निर्माणको कामलाई अन्तिम चरणमा पुराएपनि नेपाल सरकारले आवश्यक जग्गाको प्रबन्ध गर्न नसक्दा नेपालतर्फ खासै काम हुन सकेको थिएन ।
यस अगाडिको सरकारले कोरल्ला नाका सञ्चालनका लागि आवश्यक पर्ने भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, प्रयोगशाला, ट्रक तथा कन्टेनर पार्किङ, गोदाम घर, सुरक्षा प्रबन्ध तथा कर्मचारी आवसाका लागि भौतिक संरचना निर्माणका लागि हाल चिनले संरचना निर्माण गरिरहेको नेपाल–चिन सिमा भन्दा आठ किलोमिटर तल जग्गा व्यवस्थापन गरेका कारण काम हुन सकेको थिएन ।
चिन सरकारले कोरल्लाको सिमा नजिकै आफ्ना सम्पूर्ण भौतिक संरचनाहरु निर्माण गरिसकेकाले नेपाललेपनि सोही स्थानमै संरचना निर्माण गर्नेगरी तयारी गरिरहेको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । ‘चिन र नेपाल बीचको सबैभन्दा सहज नाकाको रुपमा रहेको कोरल्ला नाका सञ्चालनका लागि वर्तमान सरकारले चासो दिएर अगाडि बढीरहेको छ, यस अगाडिको सरकारले कोरल्ला नाका सञ्चालन गर्ने भन्दै आठ किलोमिटर तल भन्सार कार्यालय, सुरक्षा चेकजाँच लगायतका लागि जग्गा व्यवस्थापन गरेका कारण चिनको गतिमा काम गर्न नसकिएपनि वर्तमान सरकारले सिमा नजिकैको एक हजार रोपनी जग्गा व्यवस्थापनको काम सुरु गरेका कारण अब भने समयमै नाका सञ्चालनमा आउँन सक्छ ।’ सांसद तुलाचनले भन्नुभयो ।
चिनीयाँ पक्षले कोरल्ला नाकामा गरिरहेको भौतिक संरचना निर्माणले नाका सञ्चालनको आधिकारिक निर्णयपछि ढोका खोल्न मात्र बाँकी भएर बसेको अनुभूती भएको सांसद डा. सूर्य पाठकले बताउनुभयो । ‘सुविधासम्पन्न भौतिक संरचना निर्माण, आफ्नो क्षेत्रमा सडकको सहज विकास गरिरहेको छ, तर नेपाल पक्षले काम गर्न ढिलाई गरिरहेको छ, यसलाई तत्काल अगाडि बढाउँनु आवश्यक छ ।’सांसद सूर्य पाठकले भन्नुभयो ।
वर्तमान सरकार चिनसँग जोडिएका आठवटा नाकालाई सञ्चालन गर्ने तयारी अनुसार अगाडि बढेकाले कोरल्ला नाकामा संरचना निर्माणको काम तत्काल सुरु गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । केही दिन अगाडि चिन र भारत जोड्ने कालिगण्डकी करिडोर सडकको अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडा सहित बागलुङ आउँनु भएका ज्ञवालीले यो नाका नेपालको भाग्य र भविष्यसँग जोडिएकाले काममा ढिलाई नहुने बताउनुभएको थियो ।
‘हामीले कोरल्ला नाका छिटो भन्दा छिटो सञ्चालन गर्नका लागि तयारी गरिरहेका छौं, यस अगाडिको सरकारले सिमा क्षेत्र भन्दा धेरै तल भन्सार कार्यालय स्थापना गर्ने भन्दै जग्गा अधिग्रहण गरेको भएपनि त्यहाँ भन्सार कार्यालय स्थापना गर्नु अव्यवहारिक हुने भएकाले सिमा क्षेत्रको २४ नं. पिल्लर नजिकैको जग्गा व्यवस्थापनको तयारी गरिरहेका छौं ।’ ज्ञवालीले भन्नुभयो । स्थानीय स्तरमा भन्सार कार्यालयकालागि आवश्यक सिमा छोएको सडकको दायाँ र बायाँ पाँच–पाँच सय रोपनी जग्गा भन्सार कार्यालयलाई उपलब्ध गराउँने निर्णय सहित सरकारलाई पठाएपछि मन्त्रीपरिषदले जग्गाको नापँजाँचका लागि आवश्यक प्रक्रिया अगाडि बढाएकाले हिमपात सकिदा साथ कामलाई अगाडि बढाइने मन्त्री ज्ञवालीले बताउनुभयो ।
नेपाल र चिनबीचको नाका सञ्चालनमा आउँन सके नेपालले धेरै फाइदा लिन सक्ने भएकाले हिमपात रोकिएपछि कोरल्लामा संरचना निर्माणले गति लिने बताउनुभयो । नाकामा निर्माण हुने भौतिक संरचना तथा सडक निर्माणमा पैसाको अभाव हुन नदिने भन्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय प्राथमिकतामा परेकै कारण सरकारले केही दिन अगाडि कालिगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डलाई स्तरउन्नती गर्नका लागि २० करोड रुपियाँ रकमान्तरण गरेर सडक निर्माणलाई गति दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com