Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लोमान्थाङमा खानेपानी संकलनमै सास्ती

  • ७ वर्ष अगाडि
मुस्ताङको लोमान्थाङमा हिउँ जमेको ठाउँमा पानी संकलन गर्दै एक स्थानीय । तस्विर सौजन्यः रामबहादुर गुरुङ÷लोमान्थाङ

बागलुङ, फागुन १० गते । अत्याधिक चिसोले पाइपमै पानी जमेपछि उपल्लो मुस्ताङको लोमान्थाङवासीलाई खानेपानीको जोहो गर्न सास्ती खेप्नुपरेको छ । हिमपातका कारण खानेपानीको मुहान, खोलानालादेखि पाइपभित्रको पानी जमेर धारामा पानी आउन छाडेपछि पर्यटकीय नगरी लोमान्थानवासीलाई खानेपानी जुटाउँदै सास्नी खेप्नु परेको हो । जाडोयाममा हिमपात नहुँदा समेत अत्याधिक चिसोका कारण धारामा पानी नआउँने भएपछि खानेपानीको जोहो गर्न खोल्साखाल्सी धाउनुपर्ने समस्या रहेको रामबहादुर गुरुङले बताउनुभयो । अन्र्तराष्ट्रिय स्तरमै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित लोमान्थाङ बजारमा बढ्दो मानिसहरुको चाप बढ्दै जाँदा खानेपानीको जोहो गर्न समस्या हुने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

लोमान्थाङवासीले परम्परागत रुपमा स्थानीय लोमान्थाङ खोलाबाट खानेपानीको जोहो गर्दै आइरहेका छन् । वर्षौ अगाडि सिमित जनसंख्याका लागि तय गरेर निर्माण गरिएको खानेपानी आयोजनाका पाइपहरु जमिन बाहिरै हुँदा चिसोका बेला पूर्ण रुपमा जमेर धारामा पानी नआउँने भएकाले खानेपानीको जोहो गर्न हिउँ पुग्लेका खोल्साखाल्सी चाहार्नेपर्ने अवस्था रहेको स्थानीय गुरुङले बताउनुभयो । ‘खानेपानीको मुहाननै नभएकाले सानो मुहानबाट ल्याइएको खानेपानी चिसोका कारण पुसदेखिनै पाइपमा पानी जमेर धारामा पानी आउँदैन, पर्यटकीय स्थल भएका कारण बढ्दो जनघनत्व, होटलहरुको संख्या बृद्धि हुँदै जाँदा गर्मीयाममा मुहानमै पानीको समस्या र जाडोका बेला घरसम्म आउँन नसक्ने भएकाले खानेपानीको समस्या झेल्नुपरेको छ ।’ गुरुङले भन्नुभयो ।

लोमान्थाङ क्षेत्र विदेशी पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास हुँदै गइरहेको, कालिगण्डकी करिडोरका कारण सडकको सहज पहुँच पुगेका कारण यहाँ आउँने पर्यटकको संख्या बृद्धि हुँदै गएपनि पूर्वाधार निर्माण गर्न नसक्दा समस्या भएको लोमान्थाङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हिम्जिङ दोर्जे विष्टले बताउनुभयो । ‘लोमान्थाङमा खानेपानीको समस्या अहिलेको होइन, पुर्खाले तयार गरेको खानेपानी आयोजनाबाट खानेपानीको उपभोग गर्दै आइरहेको अवस्थामा नयाँ आयोजना सञ्चालन गर्दासम्म समस्या समाधान हुन सक्दैन ।’ अध्यक्ष विष्टले भन्नुभयो ।

वडा अध्यक्ष विष्टले लोमान्थाङ क्षेत्रको सौन्दर्यतालाई कमी आउँन नदिनका लागि त्यहाँ सञ्चालन हुने विद्युत, इन्टेरनेट, खानेपानी लगायतका पूर्वाधार जमिनमुनी गाडेर बनाउँने प्रस्ताव आफूले राखेकाले सोही अनुसार योजना तय गर्न प्रदेश तथा केन्द्र सरकारसँग आग्रह गरिएको बताउनुहुन्छ । ‘मैले पटक–पटक खानेपानी डिभिजन कार्यालयमा सम्पर्क गरेर खानेपानी आयोजना सञ्चालन गर्न भनेको छु, प्रदेश तथा केन्द्र सरकारबाट योजना नपर्ने हो भने गाउँपालिकाबाट भएपनि बजेट व्यवस्था गरेर त्यसको समस्या समाधान गर्ने सोंचमा छौं ।’ विष्टले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com