Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उपल्लो मुस्ताङमा दुई लेनको ग्राभेल सडक

  • ६ वर्ष अगाडि

बागलुङ, फागुन १० गते । चिन र भारत जोड्ने रणनीतिक महत्वको कालिगण्डकी करिडोरको मुस्ताङ खण्ड यसैवर्ष भित्र दुईलनेको ग्राभेल हुने भएको छ । उत्तरी चिनसँग जोडिएका आठ नाका नियमित सञ्चालन गर्ने सरकारको तयारीसँगै यसैवर्ष मुस्ताङ खण्ड ग्राभेल गर्नेगरी काम अगाडि बढाइएको हो । एक वर्ष अगाडिबाट सडक स्तरोन्नतीको काम सुरु भएको एक सय १० कि.मी जोमसोम–कोरल्ला खण्डलाई चालु वर्ष भित्रै ग्राभेल सम्पन्न हुनेछ ।

सडक खण्डको लोमाङथान गाउँपालिकाको छोसेरदेखि नेपाल चिनको नाका कोरल्लासम्मको १६ किलोमिटर सडकलाई दुईलेनको ग्राभेल भइसकेको छ । नेपाल भारत सिमा रुपन्देहीको बेहलियादेखि नेपाल चिन सिमा कोरल्लासम्म जोड्ने तीन सय ७० किमी मध्य रुपन्देही खण्ड २९ किमी, पाल्पा खण्ड ७२ किमी, गुल्मी खण्ड ४२ किमी, बागलुङ खण्ड ४५ किमी र बेनी–कोरल्ला खण्ड एक सय १० किमी सडक मध्य केही ठाउँको चलनचल्तीको सडक बाहेक नयाँ ट्रयाक खोलिएको सडकको एकैसाथ स्तरउन्नतीको काम भइरहेको आयोजनाले जनाएको छ ।

जोमसोमदेखि कोरल्लासम्मको सडकलाई सात खण्डमा विभाजन गरेर काम भइरहेकोमा चिसोका कारण सडक निर्माणको काम अवरुद्ध भएपनि चिसो घटेपछि कामलाई निरन्तरता दिइने सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । सडकको सात खण्ड मध्य एक खण्ड सम्पन्न भइसकेको, पाँच वटा खण्डमा ९० प्रतिशत काम सकिएको र एक खण्डको समर–भियनामा कडा चट्टानभएकाले रक्षा मन्त्रालयको विष्फोट अनुमतीपछि बैशाख भित्रै चट्टान फोडेर सडकको स्तरउन्नती गरिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

करिडोर खण्डको बेनी–जोमसोम सडक खण्डमा पनि धमाधम काम भइरहेको आयोजनाका इन्जिनियर जगत प्रजापतीले बताउनुभयो । ‘अहिले मुस्ताङको लेतेदेखि जोमसोमसम्मको ४० किलोमिटर सडक खण्डको ग्राभेल गर्ने काम अन्तिम चरणमा पुगेकाले बैशाखबाटै कालोपत्रे गर्ने तयारीमा छौं, अन्य खण्ड निरन्तर कालोपत्रे गर्दै केही वर्षभित्रै सहज यातायात सञ्चालनको तयारीमा छौं ।’ प्रजापतीले भन्नुभयो ।

उपल्लो मुस्ताङ क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न भएपनि चार प्याकेजमा काम भइरहेको ७४ किलोमिटरको बेनी–जोमसोम सडक खण्डमा ४५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । ‘म्याग्दीको काभ्रेभिर, महभीर लगायत कैयौं ठाउँमा चट्टान कटिङ गर्नुपर्ने, धेरै ठाउँमा रिटेनिङवाला निर्माण गर्नुपर्ने भएकाले केही कामको प्रगति कम देखिएपनि समयमै काम सम्पन्न गर्नेगरी अगाडि बढेका छौं ।’ इन्जिनियर प्रजापतीले भन्नुभयो । मुस्ताङ खण्डमा जमिन समथर भएकाले काम गर्न सहज भएपनि म्याग्दी खण्डमा कडा चट्टान, पहिरो लगायतका समस्याका कारण काम गर्न समस्या हुने गरेको आयोजनाले जनाएको छ ।

यता करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने काम नेपाली सेनाले गरिरहेको छ । एक वर्ष अगाडि ट्रयाक खोली यातायातका साधनहरु सञ्चालन गर्न योग्य बनाइएकोमा अन्र्तराष्ट्रिय स्तरको सडक बनाउँने अभियानअनुसार विभिन्न ठाउँबाट सडक चौडा गर्ने थालिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । करिडोर खण्डको रिडी–परादी १७ किमी सडक १० मिटर चौडा बनाइसकिएको छ भने बागलुङ खण्डको मालढुङ्गादेखि पालुङखोलासम्मको सडकलाई १० किमी सडकलाई १० मिटर चौडा गर्नेगरी काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिनुभयो ।

कालिगण्डकी करिडोर अन्तराष्ट्रिय स्तरको सडक भएकाले सकभर सडकको दुरी घटाउँनेगरी काम गर्नुपर्ने निर्माण कार्यदल प्रमुख भट्टराईले बताउनुभयो । ‘हामीले करिडोरको धेरै भागको अध्ययन गरिरहेका छौं, अहिलेपनि पाल्पाको अग्रेली–झुम्सा सडक खण्डमा सुरुङ बनाउँने हो भने ३० किमी सडकको दुरी घटेर १० किमीमा आउँन सक्छ, बागलुङ मालढुङ्गा–बेनी खण्डमा अहिले यातायात चलिरहेको पर्वत खण्डको जमिन उपयुक्त नभएकाले बागलुङ खण्डबाटै लैजान सक्ने हो भने दुरी अझ घट्न सक्छ ।’ भट्टराईले भन्नुभयो ।

सरकारले विशेष प्राथमिकतामा राखेको करिडोर निर्माणका लागि केही समय अगाडि २० करोड रुपियाँ रकमान्तरण गरेर सडक चौडा पार्ने कामको सुरुवात गरिएको थियो । ‘हामीले समयमै सडक चाक्लो बनाउँने अभियानअन्र्तगत भिर कटानको काम सुरु गरेका छौं, थप ५० करोड रुपियाँको बन्दोबस्त गर्न सक्ने हो भने बागलुङ–गुल्मी खण्ड पुरै १० मिटर चौडा बनाउँन सक्छौं ।’ भट्टराईले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com