Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रेन्बो ट्राउट माछापालनमा लाखौ लगानी

  • ७ वर्ष अगाडि

बागलुङ, फागुन  ११ गते । नेपाली बजार रेन्बोट्राउट माछा उपभोक्ताको संख्या बढ्दै गएपछि शहर बजारका व्यवसायीहरु विकट ग्रामिण क्षेत्रमा लाखौं लगानी गर्न गर्न थालेका छन् । उच्च पहाडी भुभागको चिसो पानीमा हुने रेन्बोट्राउट माछाको माग बढ्न थालेपछि बागलुङ बजारमा लामो समय व्यवसाय गरेकाहरु विकट ग्रामिण क्षेत्रमा केन्द्रीत भई लगानी बढाउँन थालेका हुन् ।

जिल्लाको विकट क्षेत्रको रुपमा रहेको ताराखोला गाउँपालिका वडा नं. चार ताराखोलामा बागलुङ बजारमा लामो समय व्यापार व्यवसाय गर्दै आएका व्यवसायी सुवास राजभण्डारीको नेतृत्वमा चार जनाको समूहले करिब ५० लाख रुपियाँको लागतमा रेन्बोट्राउट माछापालन सुरु गर्नुभएको छ । रेन्बोट्राउट माछा मानिसको स्वास्थ्यका लागि अति फाइदाजनक हुने भएकाले उक्त माछाका उपभोक्ताहरु दिनप्रतिदिन बढ्दै गएकाले ताराखोलामा आएर माछापालन सुरु गरेको राजभण्डारीले बताउनुभयो ।

उच्च पहाडी भुभागको सफा, चिसो तथा प्रयाप्त अक्सिजन भएको पानीमा मात्र हुर्कने रेन्बोट्राउट माछाको माग नेपालमा अत्याधिक रहेपनि माछापालनका लागि उपयुक्त स्थान कमै मात्रामा पाइने भएकाले ताराखोलामा आएर माछापालनमा लगानी गरेको राजभण्डारीको भनाई छ । राजभण्डारीले स्थानीय वडा अध्यक्ष जीतबहादुर खत्री, पदम खत्री र दिपा रोकासँगको व्यवसायीक सहकार्यमा करिब ५० लाख रुपियाँ लगानी गरेर माछापालन गरिरहनुभएको छ ।
रेन्बोट्राउट माछाका लागि उपयुक्त पानीको मुहान सहितको स्थान खोजीका लागि चार–पाँच वितेपनि ताराखोला गाउँपालिका वडा नं. ४ को छन्टुमा उपयुक्त मुहान सहितको स्थान फेला पारेपछि त्यही लगानी गरिएको लगानीकर्ताको भनाई छ । रेन्बोट्राउट माछाका लागि अत्याधिक चिसो, सलल बग्ने, मिसावट नहुने, अक्सिजनको मात्रा बढी भएको सफा पानी आवश्यक हुने भएकाले प्राविधिक अध्ययन गरी सोही ठाउँमा माछापालन सुरु गरिएको लगानीकर्ता जीतबहादुर खत्रीले बताउनुभयो ।

ताराखोला बहुउद्देश्यीय रेन्बोट्राउट माछा फर्म दर्ता गरी सुरु गरिएको उक्त माछापालनका लागि अहिले प्राविधिक रुपमा माछाका लागि उपयुक्त ९ वटा पोखरीमा माछा पालन गरिएको र केही समयपछि थप १० वटा पोखरी तयार गरिने लगानीकर्ता खत्रीले बताउनुभयो । ट्राउट माछा उपभोक्ताहरुलाई खास माछाको स्वाद दिने उद्देश्य सहित माछापालनसँगै रेष्टुरेन्ट समेत स्थापना गर्नेगरी जग्गाको व्यवस्थापन गरिसकेको फर्मले केही समयभित्रै ट्राउट माछाको स्वाद चाख्न पाउँनेगरी रेष्टुरेन्ट सञ्चालन गर्ने जनाएको छ । बागलुङ बजारदेखि ग्रामिण सडक हुँदै पाँच घण्टामा पुग्न सकिने उक्त स्थानमा करिब ५० लाख रुपियाँ लगानी भइसकेको र यसको बजार, माछा उत्पादन लगायतका कुरालाई ध्यानमा राखेर लगानी थप गर्ने सोंचमा रहेको लगानीकर्ताहरु बताउँछन् ।

‘हामीले रेन्बोट्राउट माछा सुरु गर्नुभन्दा पहिलो धेरै अध्ययन गरेका छौं, विश्वका कुन कुन ठाउँमा यस्तो माछा पालिएका छन्, यिनीहरुकालागि आवश्यक आहार विहार के हो, वातावरण कस्तो हुनुपर्छ लगायतका विषयमा अध्ययन गरिएको छ, अध्ययन बिना लगानी गर्दा केही व्यवसायीहरु डुवेकोपनि देखेकाले लाभप्राप्त हुनेगरी लगानी बढाउँदौ जाने सोंचमा छौं ।’ लगानीकर्ता राजभण्डारीले भन्नुभयो । प्राविधिक रुपमा उपयुक्त नौं वटा पोखरीका लागि करिब १२ हजार भुराहरु नुवाकोटबाट ल्याएर माछापालन गरिएको भएपनि टाढाबाट भुराहरु ल्याउँदा केही समस्या हुँदा पाँच हजार भुराहरु मरेपनि अहिले पोखरीमा ७ हजार भुराहरु स्वस्थ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com