Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अन्र्तराष्ट्रिय स्तरको चलचित्र छायाङ्कन स्थल बनाउँने तयारी

  • ७ वर्ष अगाडि

बागलुङ । अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यको रुपमा परिचित गण्डकी प्रदेशका तीन ठाउँलाई अन्र्तराष्ट्रिय चलचित्र छायाङ्कन स्थलको रुपमा विकास गर्न थालिएको छ । प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त उपल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमुनुब्रि क्षेत्रलाई अन्र्तराष्ट्रिय चलचित्र छायाङ्कन स्थलको रुपमा विकास गर्न थालिएको हो ।

ठूलो लगानीमा बन्ने हलिउड तथा बलिउड चलचित्रहरुले नयाँ–नयाँ छायाङ्कन स्थलहरुको खोजी गरिरहने भएकाले उनीहरुलाई आकर्षित गर्नका लागि उपल्लो मुस्ताङ क्षेत्रलाई चलचित्र छायाङ्कन स्थलको रुपमा विकास गर्न लागिएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले जानकारी दिनुभयो । विष्टकाअनुसार उपल्लो मुस्ताङ क्षेत्रमा आश्चर्यजनक पहाड, गुफा, प्राकृतिक सम्पदाले भरिपूर्ण मनोरम दृश्यहरु प्रयाप्त मात्रामा देख्न सकिने भएकाले विदेशी चलचित्रहरुलाई आकर्षित गर्नका लागि काम गर्न लागिएको हो ।

‘गण्डकी प्रदेश भित्र एउटा चलचित्रलाई पूर्ण रुपमा छायाङ्कन गर्नका लागि आवश्यक हिमश्रृङला, नदीनाला, पहाड, प्राचिन कालका गुफाहरु, आश्चर्यजनक भिरपहरा, घाँसे मैदान, ठूला ताल तलैया, बनजङ्गल तथा भरुभुमी प्रयाप्त मात्रामा भएकाले चलचित्र छायाङ्कन स्थलको रुपमा विकास गर्न लागिएको हो ।’ प्रदेश सांसद विष्टले भन्नुभयो ।

गण्डकी प्रदेशले आफ्नो पहिलो नीति तथा कार्यक्रम र बजेटमा गण्डकी प्रदेशका उपल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रिलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन स्थलको रुपमा विकास गर्ने घोषणा गरेको थियो । पहिलो वर्ष चलचित्र छायाङ्कन स्थलका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक करोड ५० लाख रुपियाँ विनियोजन गरेकोमा त्यसको कार्यविधि तयार गरी उपयुक्त साझेदारको छनोट गरेर काम प्रारम्भ गरिने मन्त्री विकास लम्सालले बताउनुभयो ।

‘गण्डकी प्रदेश क्षेत्र चलचित्र छायाङ्नकालागि अति उत्तम स्थान हो, प्रदेशको केन्द्र पोखरा, मुस्ताङ, मनाङ, लमजुङ लगायतका क्षेत्रमा थुप्रै नेपाली चलचित्रहरु छायाङ्कन भएका छन्, पुराना चर्चित बलिउड हिन्दी चलचित्रहरु समेत मुस्ताङ क्षेत्रमा छायाङ्कन भएकाले ठूला उद्योगका चलचित्रहरुलाई आकर्षित गर्नका लागि मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने सोंचमा छ, उपयुक्त साझेदार पाउँन सके कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल अगाडि बढाउँछौं ।’ मन्त्री लम्सालले भन्नुभयो । चलचित्र छायाङ्कन स्थल निर्माणका लागि आवश्यक पूर्वाधारहरु के–के हुन ? यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेकाले यसमा सबैले चासो दिन सके पूर्वाधार निर्माणमा सहजता आउँने मन्त्री लम्सालको भनाई छ ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु)ले उपल्लो मुस्ताङ क्षेत्रको भौगोलिक अवस्था समग्र चलचित्र छायाङ्कन गर्न सकिने भएकाले यसको विकासका लागि गाउँपालिका केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । ‘अहिलेपनि यस क्षेत्रमा हजारौं विदेशी पर्यटकहरु एक दिनको ५० डलर तिरेर घुम्न आउँने गर्दछन्, यही क्षेत्रको प्राकृतिक सौन्दर्यलाई कैद गरेर कैयौं अन्तर्राष्ट्रिय स्तरका डकुमेन्ट्रीहरु तयार भएका छन्, अब ठूलो चलचित्रहरुको छायाङ्कन गर्न सके यहाँको आर्थिक विकासमा ठूलो परिवर्तन आउँन सक्छ ।’ विष्टले भन्नुभयो ।

उपल्लो मुस्ताङ क्षेत्र भएर मध्यपहाडी लोकमार्ग निर्माण हुँदै गरेको र आफ्नै गाउँपालिकाको चराङमा विमानस्थल निर्माणको प्रस्ताव समेत गरिएकाले यी पूर्वाधार सम्पन्न भए अन्तर्राष्ट्रिय सिनेकर्मीहरुलाई आकर्षित गर्न सकिने विष्टको भनाई छ । ‘हलिउड सिनेकर्मी हुन या बलिउड सिनेकर्मीहरु आफ्नो चलचित्रका लागि नयाँ नयाँ ठाउँको खोजी गरिरहेका हुन्छन्, उनीहरुलाई उपल्लो मुस्ताङ क्षेत्रमा चलचित्र छायाङ्कन गर्न सकिने पूर्वाधार छ भन्ने जानकारी मात्र दिन सक्ने हो भने यहाँको सौन्दर्यता देखेर धेरै सिनेकर्मीहरुको भीड लाग्न सक्छ ।’ विष्टले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

सुन चाँदी दुबैको बढयो मुल्य

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com