Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रामचन्द्र नआउँदा खल्लो सभा

  • ५ वर्ष अगाडि

बागलुङ । निर्वाचनको पराजयको पाठ सिक्दै शीर्ष नेताहरुलाई एउटै मञ्चमा भेट्ने इच्छा सहित बागलुङका गाउँ गाउँबाट आएका कार्यकर्ता जव मञ्चमा पुगे अनि हिस्स परे । बागलुङ बजारमा मात्र नभई गाउँ गाउमा प्रचार गरिएको थियो, सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । पार्टीको पराजयबाट पाठ सिकेर एक भएर अगाडि बढ्ने भन्दापनि फरक फरक गुटको नेतृत्व गरेका दुई नेतालाई एकै ठाउँमा भेट्नै मुस्किल पर्ने परिस्थितिका बीच जिल्लामा हुने सभाले राम्रो संकेत दिने निश्चित थियो ।

काँग्रेस एक भएर लागे साँगठिक रुपमा बलियो रहेको शक्तिलाई यथावत राख्न, एकताको सन्देश दिन गाउँ गाउँबाट झण्डा बोकेर आएका कार्यकर्ताले रामचन्द्र पौडेललाई देख्न नपाएपछि खिन्नता प्रकट गरिरहेका थिए । मञ्च स्थलमै कोही भन्दै थिए ‘म्याग्दीसम्म कसरीसँगै आएछन्, कम्तिमा पनि यहाँ आयोजकले सोही अनुसार प्रचार प्रसार गरिसकेपछि देखिएर भएपनि जानु पर्ने होइन र ?’ कांग्रेसका अनुसार सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको संयुक्त कार्यक्रम शनिबार म्याग्दीको बेनी, आइतबार बागलुङ थियो तर आइतबार बिहानै रामचन्द्र पौडेल बागलुङ नआई सिधै पर्वततिर हानिएका थिए ।

सभापति देउवासँगै सम्बोधनका लागि बागलुङ आउने भनि धौलागिरि आएका पौडेल आइतबार हेलिकप्टरमार्फत पर्वत दुर्लुङ पुगेर आफ्ना स्वर्गीय नेता थमनसिँह गुरुङको परिवारलाई भेटेर लगत्तै पोखरामा नेपाल प्रेस युनियनको नयाँ कार्य समितिलाई बधाई दिन पुगेका थिए । ‘हुन त दुवै नेता आउँछन् भनेरै ब्यानरमा दुवै नेताको फोटो राखेर प्रचार–प्रसार गरिएको थियो, तर किन आउँनु भएन त्यसको खासै जानकारी भएन ।’ एक कांग्रेस नेताले भने ।
काँग्रेसले सरकारका विरुद्धमा विरोधसभा गर्ने कि, आफ्ना पार्टीका धारणा राख्ने सभा गर्ने विषयमा अन्यौलमै भइरहेका बेला दुवै जना नेता आउँने भएपछि पार्टी धारणा राख्ने सभाको रुपमा कार्यक्रम चयन गरिएको थियो । सभामा पार्टी सभापति शेरबहादुर देउवाले प्राय ठाउँमा बोल्ने सरकार अलोकतान्त्रिक बन्दै गएको, परिवर्तनको संवाहक नेपाली कांग्रेस भएको दावी गरेका थिए ।

सरकारले हत्या, हिंसा, बलात्कार, महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै देउवाले राज्यले जथाभावी लगाएको करका कारण जनताले ठूलो दुःख पाएको देउवाको आरोप थियो । वर्तमान सरकार गठनपछि नै अलोकतान्त्रिक देखिएको आरोप लगाउँदै देउवाले प्रजातन्त्र मास्नकालागि प्रेस स्वतन्त्रता हनन हुने खालको कानुन ल्याउन लागेको आरोप लगाए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले पार्टीका आन्तरिक कामहरु सम्पन्न गरेपछि देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको बताए । शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका समृद्धिका सपना जायज भएपनि तत्काल हुन नसक्ने कुरालाई भइहाल्छ भनेर जनतालाई झुक्काएको आरोप लगाए । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिएर राष्ट्रघात गरेको शर्माको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com