Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो

  • ७ वर्ष अगाडि

तनहुँ, भदौ २७ गते । तनहुँका बनजङ्गलमा आहारको अभाव हुन थालेपछि जंगली जनावरहरु मानव वस्तीमा पसेर मानिसमाथि आक्रमण गर्न थालेका छन् । जङ्गलमै शिकार गरेर आफ्नो आहारा जुटाउँने मांसाहारी जङ्गली जनावर आहाराको खोजीमा मानव बस्ती पसेर मानवमाथिनै आक्रमण गर्न थालेका हुन् । 

तनहुँमा तीन वर्ष यता बन्यजन्तुकै आक्रमणबाट चार बालबालिकाको मृत्यु भइसकेको छ भने सात जना बढी घाइते भएका छन् । चितुवाको आहारा मानिसले खाइदिंदा खानाको अभावकै कारण मानव वस्तीमा पसेर मानिसहरुलाई आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । तीन वर्षको अवधीमा चार बालबालिकाको चितुवा आक्रमणबाट मृत्यु भइसकेको छ भने सातजनालाई घाइते बनाएको डिजिन वन कार्यालय तनहुँका कार्यालय प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

जङ्गलमा हुने पानीको मुहानमा अलीकतीपनि पानी नछाडि मानव बस्तीमा लैजादा खानेपानीको अभाव हुने र जंगलमा आहारको रुपमा प्रयोग हुने वन्यजन्तुपनि मानिसहरुले मारेर खाइदिने गर्दा मानव वस्तीमा बाख्रा तथा कुकुरको खोजीमा चितुवा आउने भएकाले उक्त बेला बालबालिका भेटेमा भोक मेट्ने उपाएको लागि आक्रमण गर्ने गरेको बरालको भनाई छ । ठूला मानिसहरुसँग डराउँने चितुवाले आफूभन्दा सानो उचाइ भएकालाई आक्रमण गर्ने गरेको छ । ‘आफू भन्दा बढी उचाइ भएकालाई आक्रमण गर्न सक्दैन, साना बालबालिका, बसेका मानिसहरुलाई आक्रमण गर्ने हो ।’ बरालले भन्नुभयो ।

तीन वर्षको अवधीमा चितुवाको आक्रमणबाट भानु नगरपालिकाका चार जनाले ज्यान गुमाइसकेका छन् । भानु नगररपालिका नम्बर दुई भकुन्थोकका नौं वर्षकी पुष्पा अधिकारी, भानु नगरपालिका वडा नम्बर चार जोखानेका चार वर्षीया बालिका रञ्जिता लम्साल, सोही ठाउँका १० वर्षीय अमृत गुरुङ र दुई वर्ष अगाडि भानु नगरपालिका वडा नम्बर तीनका एक बालकको चितुवा आक्रमणबाट मृत्यु भएको थियो ।

तनहुँ स्थित भानुभक्त प्राणी उद्यानका प्रमुख विरेन्द्रप्रसाद कँडेलले ठुलो आहारा नपाएको बेला पंक्षीपनि मारेर चितुवाले आहारा बनाउँने भएकाले जंगलमा पंक्षीहरुको शिकार गर्न नहुने बताउनुहुन्छ । चितुवाको विगबिगी बढेपछि भानु नगरवासी घर बाहिर निस्कन डराई रहेको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली बताउनुहुन्छ । तत्काल समस्या समाधानको लागि चितुवाको आहाराको रुपमा अन्य बन्यजन्तु जङ्गलमा छाड्ने योजना बनाइएको गौलीले बताउनुहुन्छ ।

गाेरखापत्र दैनिकमा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com