Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मनाङ जाने पुल बन्यो, बाटो बनेन

  • ४ वर्ष अगाडि

बेलिना थापा
लमजुङ, भदौ २७ गते । हिमाली जिल्ला मनाङ र लमजुङको सिमाना हो म्यार्दीखोला । सोही खोलाको बाटो भएर दुई जिल्ला आउजाउ हुन्छ । म्यार्दीखोलामा निर्माण गरिएको बेलिब्रिज बाढीले बगाएपछि पुनः अर्को बेलिब्रिज हालिएको छ । गत असार ८ गते अबिरल वर्षासँगै आएको बाढीले खोलामा बनाइएको बेलिब्रिज बगाएको थियो । 

तत्काल आउजाउका लागि समस्या भएपछि काठको फड्के बनाएर आउजाउ गरिएको थियो । सवारी साधन भने वारीको वारी र पारीको पारी नै हुन थाले । मनाङबाट आउनेले फड्केको बाटो हिँडेर सवारी साधन फेर्ने र लमजुङबाट मनाङ जानेले फड्के तरेरै अर्को सवारी फेर्दै आएका छन् ।

ड्केको बाटो आवातजावत गर्न समस्या भएपछि खोलामा नयाँ बेलिब्रिज हालिएको छ । बेलिब्रिज फिनिसिङको काम भइरहेको छ । तर, मनाङतर्फ म्यार्दी खोला छेउमा ठूलो पहिरो आएर बाटो अवरुद्ध भएको छ । मानिस हिँडुन समेत मुस्किल भएको नासों गाउँपालिका १ का अध्यक्ष झलक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार ठूला–ठूला ढुंगा रहेकाले पन्छाउन गाह्रो भएको छ । बेलिब्रिजको काम सम्पन्न हुन लाग्दापनि पहिरोले गर्दा आउजाउमा समस्या भएको उहाँले बताउनुभयो । ‘बेलिब्रिजको काम सकिन लागेको छ । केही दिनमै सकिएला । मनाङ जाने बाटोमा ठूलो पहिरो छ’ उहाँले भन्नुभयो, ‘पहिरो पन्छाउन सकिएन भने बेलिब्रिज बनेपनि सवारी सञ्चालन हुन सक्दैन । तत्काल पहिरो पन्छाउन मुस्किल छ ।’ म्यार्दीखोलामा निर्माण गरिएको बेलिब्रिजबाट मानिस आवातजावत गर्न थालेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चन्द्र घलेकाअनुसार म्यार्दीखोलामा बेलिब्रिज हालिसकेको र दाँया बाँया ढलान गर्न बाँकी रहेको छ । मनाङतर्फको भागमा पहिरो गएकाले सिमेन्ट, गिटी ल्याएर ढलान गर्न नसकिएको कुरा प्राविधिकले बताएको उहाँले बताउनुभयो ।

पहिरो खुलाउन नेपाली सेनाले बम बिस्फोट गरेको र अझै गनुपर्ने देखिएको उहाँले बताउनुभयो । भन्नुभयो– ‘बेलिब्रिजको काम त सकिन लाग्यो । मनाङतर्फको पहिरोले बाटो बन्द छ । त्यही बाटो हिँडेर मनाङ जानेले गाडी फेर्नुपर्छ । पहिरो खुलेपछि मात्र बेलिब्रिजको सबै काम सकिएला ।’ पहिरो खुलाउन २ वटा मेशिनले काम गरिरहेको र करिव एक हप्तामा बेलिब्रिजको बाटो भएर सवारी साधन गुड्ने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले डिभिजन सडक कार्यालयलाई छिट्टै बेलिब्रिजको काम सक्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पुलमा फलाम जोड्ने काम सकिएको छ । दुवैपट्टी ढलान गर्न बाँकी छ । त्यो काम छिट्टै गर्नुस् भनेर भनेका छौं । अबको केही दिनमा पुलको बाटो भएर सवारी गुड्ने कुरा गर्नुभएको छ ।’

डिभिजन सडक कार्यालय दमौलीका सव इन्जिनियर सुमन अधिकारीकाअनुसार म्यार्दीखोलामा बेलिब्रिज हालि सकिएको छ । अब दायाँ र बायाँ एप्रोज स्ल्याब हाल्न बाँकी छ । एक हप्तामा सबै काम सकिने र गाडी गुड्ने गरी काम गरेको उहाँले बताउनुभयो । म्यार्दीभीरको पहिरोले पुलको फिनिसिङमा अवरोध गरेको र पहिरो खुलेपछि आवश्यक सामान ल्याएर काम गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘ढलान गर्ने सामान तालडाँडामा छ । पहिरोले जान सकेको छैन । पहिरो खुलेपछि सामान ल्याएर काम गर्छौं । सबै काम सक्न एकसाता लाग्न सक्छ ।’ उहाँकाअनुसार अहिले निर्माण गरिएको पुलको लम्बाई २४ मिटर लम्बाइ र चार मिटर (सिंगल लेन) छ ।

यसअघि सडक डिभिजन कार्यालय दमौलीमार्फत ग्याल्बा–क्याराभान जेभी कन्ट्रक्सनले एक करोड ७५ लाख रुपियाँमा म्यार्दीखोलामा पूल निर्माण गरेको थियो । उक्त बेलिब्रिज असार ८ गते दिउँसोको भीषण बाढीले बगाएको थियो । म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमीटरको दुरीमा पर्छ । २०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपूल २०७२ जेठमा भाँचिएको थियो ।

त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टील गार्डर ब्रिज’ राखेकोमा उक्त पूल एक महिनापछि असार ३१ गते म्यार्दीखोलामा आएको भीषण बाढीले बगाएको थियो । पुनः काठेपूल निर्माण गरी सवारी आवतजावत गराइएको थियो । त्यसपछि गत साउनमा बेलिब्रिज बनाइएको थियो । लमजुङ–मनाङ आवतजावत गर्न बेंसीसहर–चामे सडक २०६९ सालबाट सुचारु भएको हो । चामे पुग्नमात्रै बेंसीशहरबाट करिब सात घण्टा लाग्छ ।

गाेरखापत्र दैनिकमा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

मेयर देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमा

ताजा समाचार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

ट्रेन्डिङ

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com