Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुदुरपश्चिम प्रदेशका सभासदहरु र गण्डकीका मुख्यमन्त्री बिच भेट

  • ७ वर्ष अगाडि

कास्की, असाेज १ गते । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्कबहादुर कुंवरको नेतृत्वको टिमले मुख्यमन्त्रीसंग सामुहिक भेट गर्दै अनुभव आदान प्रदान गरेको हो ।

संघीयताको सफल कार्यन्वयन, प्रदेश सभाले बनाउने कानुन, संघ र स्थानीय तहसँगको समन्वय गर्ने विषयमा अनुभव साटासाट भएको सदुरपश्चिम प्रदेश सांसद हर्कबहादुर कुँवरले जानकारी दिनुभयो ।

भेटमा मुख्यमन्त्री गुरुङले चालु आर्थिक वर्षमा प्रदेश सरकारहरुले गति लिन सक्नुपर्ने बताएका थिए । कर्मचारी समायोजन केही मात्रामा भएको, कानुन निर्माण र कार्यविधि बनेको र सरकारलेपनि केही अनुभव बटुलेको भन्दै अब काम गर्न अनकुल रहेको समेत बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशका सांसदहरु प्रदेशका मध्यकालिन र दीर्घकालिन लक्ष्य निर्माणका लागि गण्डकी प्रदेशको अनुभवबारे जिज्ञाशा राखेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोग बनाएर जान सुझाएका थिए ।

गण्डकी प्रदेशले हेलो मुख्यमन्त्री, एक्सन रुम जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सुरुवात गरेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले यसलाई सुदुरपश्चिम प्रदेशलेपनि सुरुवात गर्दा जनताको गुनासो सुन्न सहज हुने बताउनुभएको थियो ।

मुख्यमन्त्री गुरुङले स्थानीय निकाय स्वतन्त्र नभई स्वायत्त निकाय भएकोले प्रदेशको योजनामा साथ दिन आवश्यक रहेको बताउनुभयो । प्रदेश सांसदहरुले सांसद क्षेत्र विकास कोषलाई परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com