Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अन्तराष्ट्रियस्तरको फिल्मसिटी निर्माण थालिनेछः अर्याल

  • ७ वर्ष अगाडि

२०२८ सालमा लमजुङको सदरमुकाम कुन्छाबाट सरेपछि बेंसीसहरको विकास सुरु भएको हो । साविकको बेंसीसहर गाविसमा तत्कालिन उदिपुर, गाउँसहर, चण्डिीस्थान गाविस मिसाउँदै २०७१ सालमा बेंसीसहर नगरपालिका र नयाँ संरचना अनुसार पुरानकोट, नाल्मा, बाँझखेत र चिती गाविसलाई समेत जोडेर बेंसीसहर नगरपालिका बनाइएको थियो । लमजुङ जिल्ला सदरमुकाम समेत रहेको बेसीसहर नगरपालिकामा बरिष्ठ अधिबक्ता गुमानसिँह अर्याल अहिले नगरप्रमुख हुनुहुन्छ । दुई पटक साविक बेसीशहर गाविसको अध्यक्ष भइसक्नुभएका नगरप्रमुख अर्यालसँग बेलिना थापाले गर्नुभएको कुराकानी ।

प्रश्नः बेसीसहरका लागि तपाई नयाँ जनप्रतिधि होइन, तीन दशकसम्म जनप्रतिनिधिको अनुभव छ बेशीशहरलाई कस्तो बनाउँने सोंच बनाउँनुभएको छ ?

– २०४३ मा पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार भएर निर्वाचित भएर लमजुङका जनताको सेवा गरेको थिए । २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा समेत बेशीशहरको अध्यक्षमा निर्वाचित भए, निर्वाचित भएका बखत दुवै समयकाल परितिस्थति बेग्लै बन्यो, पञ्चायतकालमा जनपक्षीय प्रतिनिधिले साधन र स्रोतको अभावमा खासै केही गर्न सक्दैनथे, स्थानीय निकायमापनि त्यतिधेरै स्रोत र साधन थिएन, जनताले आकांक्षा गरेका मात्र नभई आफूले गर्छु भनेका कामपनि गर्न सकिएन, अहिले नगरप्रमुख छु, स्थानीय तहमा थुप्रै अधिकार र अवसरहरुपनि छन् नगरप्रमुखका हैसियतले जनताको सेवामा निरन्तर लागीरहेको छु ।

प्रश्नः स्थानीय तह गठन भएको २ वर्ष भइसक्यो । विकासका कामहरु कत्तिको पूरा गरेजस्तो लाग्छ ?

उत्तरः जनताका इच्छा र आकांक्षा धेरै छन्, पूरा हुन समय लाग्छ । हामी करीब २० वर्ष जनप्रतिनिधि विहीन अवस्थामा रह्यौं । विकासका जगको सुरुवात भएको छ । अब विस्तारै विकास हुन्छ । विकास हुन लामो समयपनि लाग्न सक्छ । जनताको चाहनालाई हामी पूरा गर्न लागि परेका छौं । विकास सुरुवात भएको छ । हामी जनताको बीचमा पुगेका छौं । हामीले जनताको आवाज सुनेका छौं । दुइवटा आर्थिक बर्षको कार्यक्रममार्फत जनताका काम र विकासको काम एकसाथ लगेका छौं । हामीले चुनावी घोषणापत्रमा बेंसीसहर बजारका शाखा सडकहरु कालोपत्रे र ढलान गर्ने भनेका थियौं । दुई आर्थिक वर्षमै लगभग पूरा गरेका छौं । सहरका २५ भन्दा बढी सडक कालोपत्रे गरिसकेका छौं । आन्तरिक रिङ रोडलाई पक्की बनाउने भनेका थियौं र आउटर रिङ रोडको कन्सेप्टपनि ल्याएका छौं । अन्य कृषि, पशुपालन, विपद् व्यवस्थापनको विषयमापनि जनताकाबीचमा कुरा राखेका थियौं । आउटर रिङरोडको ट्रयाक ओपन भएको छ । उदीपुरको खत्रीचौर, मकैडाँडा–पुमागाउँ, रामचोक–तिलाहारको ट्रयाक पनि खोलिसकेको छौं । बेलौतीविसौनामा पुल हाल्न सकेमा नगरपालिकाका आउटर रिङ रोड सबै ठाउँमा मोटर चल्नेछ । विम्दादेखि बाख्रेजतसम्मको ट्रयाक पनि सम्पन्न भइसकेको छ । आन्तरिक रिङरोडको काम भइरहेको छ ।

प्रश्नः विकास निर्माण भनेको सडक निर्माणमात्रै हो ? सडक निर्माण भएपनि गुणस्तरीय भएनन् भन्ने जनगुनासो छ । के भन्नुहुन्छ ?

उत्तरः जसरी विकास भइरहेको छ, त्यसरी नै तीब्र गतिमा अनुगमन गरिएका छौं । सबै योजनाका अनुगमन भएको छ । हामीले छड्के अनुगमनपनि गरेका छौं । उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति बनेको छ । गुणस्तरीय कायम गर्न उपभोक्ता समिति, निर्माण व्यवसायीलाई भनेका छौं । गुणस्तरमा तलमाथि भएमा कानुन बमोजिम कदम चाल्ने छौं भनेका छौं । नगरपालिकाले सडकलाई विकासको पहिलो प्राथमिकतामा राखेको हो । अरु क्षेत्रको विकास नभएको होइन । कृषि र पर्यटनलाई उत्तिकै जोड दिएका छौं । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार बनाएको छ । हामीले गाउँगाउँमा होमस्टे संचालन गरेका छौं । होमस्टेसम्म सडक निर्माण गरेका छौं । गाउँगाउँमा सचेतना र तालिम गरेका छौं । खानेपानी, विद्युत, सिँचाईका कामहरु गरिरहेका छौं ।

प्रश्नः जनताले चौविसै घण्टा खानेपानी र बिजुलीको समस्या त विकराल छ त ? यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

उत्तरः हो, खानेपानीका लागि साह्रै समस्या छ । अभाव हुने बेला नगरपालिकाले दमकलबाट समेत पानी वितरण ग¥यौं । खानेपानी तथा सरसफाई उपभोक्ता समिति छ । विद्युतको उपभोक्ता समित छ । जनताको गुनासोपनि उत्तिकै छ । नगरपालिकाले खानेपानी र विजुलीलाई व्यवस्थित गर्न भनेका छौं । ताकेता गरेका छौं । भाचोक खोला बेंसीसहर सहलगानी खानेपानी आयोजना बन्दैछ । समितिले लगानी गर्नुपर्ने भएकाले नगरपालिका नगर विकास कोषको चार करोड १४ लाखमा जमानी बसेको छ । बिजुली र खानेपानी प्राविधिक हिसावले डामाडोल छ । जनताले बिजुली र खानेपानीलाई हस्तक्षेप गर भनेका छन् । ऐन कानुन विना हस्तक्षेप गर्न मिल्दैन, सुधार गर्न भनेका छौं । सुध्रिएन भने त्यसपछि के गर्नुपर्छ विचार गरौंला ।

प्रश्नः शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकतामा के परिवर्तन भए ?

उत्तरः शिक्षक र व्यवस्थापन समितिका साथीहरु जुटिरहनुभएको छ । विद्यालयमा पहिले लापरबाही थियो । शिक्षक पढाउन जाने थिएन, अहिले विद्युतीय हाजिरी राखेका छौं, विद्यालयमा सोलार जडान गरेका छौं । विद्यालयमा पठनपाठनबारे अनुगमन भइरहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा लिएको छ । बेंसीसहरका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी छैन । औषधी पाइएन भनेर गुनासो पनि छैन । हामीले स्थानीय पाठ्यक्रम बनाएका छौं ।

प्रश्नः विकासमा नागरिकको सहभागिता, चासो र चिन्ता कत्तिको पाउनुभएको छ ?

उत्तरः एकदम छ, जनता विकास र समृद्धि चाहन्छन् । राज्यले गर्नुपर्ने कामको बारेमा चासो राख्छन् । हामी स्थानीय सरकार हो । हामीलाई भन्न पाउनु उहाँहरुको अधिकार हो । जनता काम गर्न जुर्मुराएका छन् । लागत सहभागिता उत्तिकै छ । जनताको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत बजेट अनुसार बेंसीसहरका भित्री सडकहरु पिच भएका छन् । आन्तरिक रिङ रोड पिच हुने अवस्थामा छ । एकैपटकको बजेटल पुग्दैन । विस्तारै हुन्छ ।

प्रश्नः बेंसीसहर पर्यटकीय चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार हो । अहिले सिधै सवारी चढेरै पुग्छन् । पर्यटकलाई बेंसीसहर वा आसपासमा बसाउने कुनै योजना छैनन् ?

उत्तरः धेरै योजना बनाएका छौं, १५ वटा बाटो, पाँच वटा पार्कको डीपीआर भएको छ । काउलेपानी माथि ट्रयाक खोल्ने काम भएको छ । गाउँसहर दरबारसम्मको लागि सिँढी र रेलिङ निर्माणको काम भइरहेको छ । पुल तथा भवनको काम भइरहेको छ । बराहपोखरी जाने बाटो निर्माण भइरहेको छ । खासुरबेंसीदेखि चित्रेडाँडासम्म बाटो बनाउँछौं । दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिकासंग छलफल गरिरहेका छौं । विभिन्न ठाउँमा भ्युटावर निर्माण गर्ने तयारीमा छौं । नगरपालिकाभित्रकै ५, ६ वटा गाउँमा होमस्टे संचालनमा ल्याएका छौं । पर्यटक अड्याउने पूर्वाधार तयार गर्दैछौं ।

प्रश्नः यतिले मात्रै पर्यटन प्रवद्र्धन हुन्छ ?

उत्तरः हाम्रै पहलमा करीब सात वर्षमा निर्माण सक्ने गरी ‘स्मार्ट फिल्म सिटी’ निर्माणको अवधारणा अघि बढाएका छौं । यसको ‘डीपीआर’का लागि ‘फिजिविलिटी’ अध्ययन गर्ने तयारी हुँदैछ । एक वर्षमा डीपीआर सकेर भौतिक संरचना निर्माण थाल्ने प्रक्रिया अघि बढाइएको छ । पूर्वाधार निर्माण सुरु भएको पाँच वर्षमा संरचना तयार गरिनेछ । थप दुई वर्षमा संरचना निर्माणकार्य पूरा हुने गरी योजना छ । यसका लागि पाँच हजार रोपनीमा जग्गा चाहिन्छ । स्मार्ट फिल्म सिटीमा स्वदेशी तथा विदेशी जुनसुकै खालका फिल्म सुटिङ गर्न मिल्नेछ । यसका लागि बेंसीसहर नगरपालिका ३, ४, ५ र ९ मा पर्ने सार्वजनिक जग्गालाई ‘लिज’ मा लिएर अन्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माण गर्ने तयारी गरेका छौं । प्रारिम्भक अनुमान पाँच अर्ब ९० करोड भनिएपनि ‘डीपीआर’ पछि पूर्ण रुपमा लागत अनुमानको हिसावकिताव आउनेछ । फिल्म सिटीमा इटालियन कम्पनीको ८० र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहेनेछ । सुविधासम्पन्न फिल्मसिटी निर्माण भएपछि अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त फिल्म छायांकन गर्न र सम्पादन समेत गर्न सकिने छ । १६ वटा फिल्म एकसाथ छायांकन गर्न मिल्ने गरी छायांकनस्थल बनाइने भएको छ ।

प्रश्नः पर्यटन प्रवद्र्धनका कार्यक्रम के–के गरेका छन् ? अहिले चलेको होमस्टेको लहरलाई कसरी लिनुभएको छ ?

उत्तरः होमस्टेको लहर मात्रै होइन । यसले स्थानीयको आयस्तर बृद्धि गर्न सुरु गरिसकेको छ । हिजो ५ रुपैयाँको मुख देख्न समेत मुस्किल हामी, अहिले सहकारी र बैंकमा पैसा राख्न सक्ने भएका छौं । होमस्टे प्रवद्र्धनबाट हाम्रो संस्कृतिको संरक्षण र संवद्र्धनमा टेपा पुगेको छ । रक क्लाईम्बिङ, ¥याटिफ्ङ र प्याराग्लाईडिङको लागि योजना बनाएका छौं । यसको सम्भावित अध्ययनका लागि बजेट छुट्याएका छौं । पुरानोकाटेमा रक क्लाईम्बिङ, पुमागाउँ, गाउँभाचोक र मकैडाँडाबाट प्याराग्लाइडिङ, बेलौतीविसौनाबाट ¥याफ्टिङ भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पढ्दै रमाउँदै गर्ने वातावरण सिर्जना गर्छु : आस्मीन शेख

को हुन् स्वास्थ्यमन्त्री कृष्ण पाठक ?

नमेटिने घाउ फिल्मको प्रधानमन्त्रीको रोलमा केपी ओली

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ

राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com