Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खानेपानीका बारेमा गलत प्रचार भयोः समिति

  • ६ वर्ष अगाडि

बागलुङ, असाेज १ गते । बागलुङ नगरपालिकामा सञ्चालित तीन खानेपानी आयोजनाका उपभोक्ता समितिहरुले आयोजना निर्माणका विषयमा गलत प्रचार भएको बताएका छन् । बा.न.पा. ४ मा सञ्चालित कुँडुले छाप खानेपानी आयोजना, बा.न.पा. ६ मा सञ्चालित लहरेपिपल खानेपानी आयोजना र बा.न.पा. १३ मा सञ्चालित पाठकथर, रोकाहपाला थाग्नेवगर खानेपानी आयोजना निर्माणमा अनियमिता भएको भन्दै गरिएको प्रचारवाजी गलत भएको जनाएका छन् ।

तीनवटै समितिले संयुक्त रुपमा प्रेस विज्ञप्ती प्रकाशित गरी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा खानेपानी आयोजना निर्माणमा बढी भुक्तानी माग गरिएको भन्दै समितिको बद्नाम गराउँने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएका थिए । 

विज्ञप्तीमा बागलुङ नगरपालिकाको अनुगमन समितिले उपभोक्ताहरुलाई नै जानकारी नगराई, छापामार शैलीमा अनुगमन गरी सम्बन्धीत ठाउँमा अनुगमन प्रतिवेदन बुझाउँनु पर्नेमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेर उपभोक्ता समितिप्रति भ्रम सिर्जना गरेको जनाइएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङबाट उक्त तीनवटै आयोजनाको आ.व. २०७४÷०७५ को जिल्ला प्राविधिकको बैठक तथा कार्यालयले गरेको स्टीमेट अनुसार कुँडुले छाप खानेपानी आयोजना निर्माण स्थलसम्म बालुवा प्रति घनमिटर ३६७०, गिटी ४६३३.७५ र माटो खन्ने १४६६.२१ रुपैयाँ राखेर ९६,८०,८११ रुपैयाँ, लहरेपिपल खानेपानी आयोजनाका लागि सोही अनुसारका गिटी ४८४१.३८, बालुवा ३८२१ र माटो खन्ने पुर्ने १४६६.२१ देखाई ७७,३७,४४२ भुक्तानी माग भएको र रोकाहापाला थाग्नेवर खानेपानी आयोजजनामा सेही अनुसारका गिटी १३७०८, बालुवा ६०८५ र माटो खन्ने पुर्ने १४६६.२१ अनुसार ६०,६५,४४३.९० पैसा माग भएको जनाइएको छ ।

विज्ञप्तीमा नगरपालिकाको अनुगमन समितिले खानेपानी आयोजनामा प्रति घनमिटर फोडेको गिटी ५.४० मि.मि.को दररेटमा १३,८०७ देखि २२८०५ सम्म, बालुवा प्रति घनमिटर ६२८५ र माटो खन्ने काम रु. १०६४.५० देखाई बढी भुक्तानी माग गरेको भन्दै कुँडुले छाप खानेपानी आयोजनाका लागि ६६,८०,०८० रुपैयाँ, लहरेपिपल खानेपानी आयोजनाका लागि ४२,६६,६६२ रुपैयाँ र रोकाहापाला थाग्नेवगर खानेपानी आयोजनाका लागि ४०,२३,६०८.६२ रुपैयाँको काम भएको भनेको भनी उपभोक्ता समितिको बद्नाम गराउँने काम भएको बताइएको छ ।

उपभोक्ता समितिहरुले खानेपानी आयोजना प्रभावित पार्नेगरी काम भइरहेको भन्दै बागलुङ नगरपालिकाको अनुगमन समितिबाट दिइएको प्रतिवेदन र डिभिजन खानेपानी कार्यालयबाट प्राप्त अनुगमनमा धेरै फरक पर्न गएकाले तत्काल पुनः विज्ञ सहितको अनुगमन समिति गठन गरी नगरपालिकाका जिम्मेवारी व्यक्ति तथा आम उपभोक्तालाई जानकारी हुने गरी आवश्यक अनुगमन गरी ति आयोजनाहरुको बिल भक्तानी गर्न समेत माग गरेका छन् । खानेपानी आयोजनना जनताको करबाट जनताकै लागि बन्न लागेकाले यी आयोजनाहरुमा कुनैपनि अनियमितता हुन नदिन तीनवटै उपभोक्ता समितिहरु सचेत रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com