तनहुँ, असाेज २ गते । भुकम्प गएको चार वर्ष विति सक्दापनि तनहुँको जोखिम वर्गका लाभग्राहीको घर बन्न सकेको छैनन । भुकम्पले घरबास नै उठाएपछि सरकारले दिने राहतको आशामा घर बनाउने सपना सजाएका उनीहरुको नयाँ घरमा बस्ने सपना पुरा हुन सकेको छैन ।
अति जोखिम वर्गका लाभग्राहीमा एकल महिला, बृद्धा, अशक्त, अपाङ्ग पर्छन् । भुकम्पबाट प्रभावित अहिले अन्यौलमा रहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का सूचना अधिकारी सुर्यप्रसाद शर्माले जिल्लामा पाँच सय ५४ जना जोखिम वर्गका लाभग्राहीको घर बन्न नसकेको जानकारी दिनुभयो ।
गोरखा, लमजुङ लगायतका जिल्लामा विभिन्न गैर सरकारी संस्थाहरुले मद्धत गरेर घर बनाईदिने गरेपनि तनहुँमा बन्न नसेको उहाँ बताउनुहुन्छ । नेपाल सरकारबाट भुकम्पबाट अति प्रभावित जिल्लामा तनहुँ नपरेकोले त्यस्ता लाभग्राहीलाई मद्धत गरिदिने गैरसरकारी संस्था आउन नसकेको इकाईले जनाएको छ ।
स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भईरहेको सूचना अधिकारी शर्मा बताउनुहुन्छ । भुकम्प पिडितको नामावलीमा आफ्नो नाम समावेश भएपछि लडेको घर बन्ने आशा पालेको शुक्लागण्डकी नगरपालिका–३ बन्ेकवाका पुड्कबहादुर विकको घर अझै सम्पन्न हुन सकेको छैन ।
समस्या बारेमा कसैले बुभ्mन नसक्दा घर बन्न नसक्दा टहरामै बस्न बाध्य भएको विक बताउनुहुन्छ । ‘कसैसँग पैसा छैन, कतिपयको रकम भएरपनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याईदिने मान्छे छैनन्, मनुमाया आले भन्नुहुन्छ, मद्धत गर्ने नहुँदा उनिहरुको नयाँ घरमा बस्ने सपना अधुरो नै छ ।