Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मुख्यमन्त्रीलाई गुनासो ‘डेङ्गु नियन्त्रणका लागि पहल भएन’

  • ७ वर्ष अगाडि

कास्की, असोज २ गते । गण्डकी प्रदेशमा करिब १५ सय बढी मानिसमा डेङ्गु संक्रमण भइसक्दापनि नियन्त्रणमा लापरवाही भएको भन्दै सर्वसाधारणले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई गुनासो गरेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले आफ्नो घरमा गरेको व्यवहारको बारेमा गुनासो गर्नु भएको छ । उहाँले आफ्नो घरमा आएको टोलीले बाल्टीको पानी खन्याएपनि न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाव नदिएको बताउनुभयो ।

‘तपाईको घरमा लार्भा भेटियो भन्दै बाल्टीको पानी खन्याए’ उहाँले मुख्यमन्त्रीसँग गुनासो गर्नुभयो– ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए ।’ पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो । उहाँले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।

जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गंम्भीर रहेको बताउनुभयो । उहाँले सम्बन्धित मन्त्री र सचिवलाई डेङ्गु विरुद्धको काम थप प्रभावकारी बनाउन दुई दिन अघि मात्र निर्देशन दिएको जानकारी गराउँदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताउनुभयो । पोखराका प्रत्येक टोल विकास सँस्था र विभिन्न आमा समुह तथा क्लबलाईपनि डेङ्गु विरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । प्रदेश सरकारले यसअघि नै डेङ्गु नियन्त्रणकालागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ ।

तनहु“ देवघाटका शिव अधिकारीले गाउँपालिकाले कर संकलन गर्न नसकेको विषयमा गुनासो गर्नुभयो । देवघाट गाउँपालिकाले व्यापारमा लगायको कर व्यापारीले नतिरेको र गाउँपालिकाले यसमा चासो नदेखाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा मुख्यमन्त्री गुरुङले आफुले गाउँपालिका अध्यक्षसँग यसबारेमा जानकारी लिने र राजश्व उठाउँने कामलाई कमी हुन नदिने बताउनुभयो ।

स्याङ्जा भीरकोटका मोहोन गुरुङले ५० लाखसम्मको विकास योजना उपभोक्ता समितिमार्फत गराउने नियम संसोधन नगर्न सुझाव दिनुभयो । जवाफमा मुख्यमन्त्रीले नियम संसोधन नगर्ने तर प्रभावकारी अनुगमनको तयारी सरकारले गरिरहेको बताउनुभयो । मंगलबार अन्य गुनासोकर्ताले तनहु“को व्यास सडक खण्ड मर्मत, रुपाताल जग्गामा लालपुर्जा नभएकाहरुको मुआब्जा विषयमा समास्या रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com