Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

म त तिम्रो घनश्याम (हाँस्यकथा)

  • ३ वर्ष अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket
विकिरण

चौध वर्षको वनबास पूरा गरेर म आफ्नो राज्य फर्किरहेको थिएँ । म वनबास जानु अघि योद्धा थिएँ र फर्किँदा सम्म शान्त शालिन साधारण बाल्मीकी बनी सकेको थिएँ । त्यसैले रामायण नै लेख्न कोशिस गरिरहेको थिएँ । तर मेरो नसीबमा न सिता थिई न त मेरो रामायणमा अरु कोही पात्र नै थिए । केवल एक्लो म घनश्याम मात्र पात्र बनाइएको थिएँ । फेरि बिना सिताको रामायण पनि कसरी लेख्ने भन्ने पनि दुविधा नै थियो । कसले कसलाई हरण गर्ने, कसले कसको मरण गर्ने र कसलाई कसले स्मरण गर्ने सोच्दा सोच्दै सयौं चोटी केरमेर गरी थोरै भए पनि लेखिसकेको थिएँ । “वाह क्या उच्च विचार वाह” भन्नेहरुको नामोनिशान पनि थिएन । पढ्ने र पढाउने अरु कोही होला भन्ने त आश नै मारिसकेको थिएँ । अचानक “तिम्रो आगमनले फेरि नयाँ उमङ्ग ल्यायो भन्ने” गीत त्यो माइक्रो बसको रेडियोमा बजिरहेको सुन्ने वित्तिकै मेरो मनमा उमङ्ग पलाएको थियो । उही मेरी प्रिय मलाई असाध्यै मन पर्ने जो म वनमा हुँदा पनि मेरो मनमा बस्न सफल बनेकी थिई । मेरो तन मन धनकी देवी, नाम सुन्दा त अरूले माता भन्ने गर्छन तर मैले चाहिँ मेरी सिता भन्न पाउँथे । कुनै बाटिकामा कुनै रुख मुनि बसी मलाई पर्खिरहेकी होलिन ।

मेरो गन्तव्यमा माइक्रोबसले मलाई छोडिदिएको थियो । गाउँ पुरै वृद्ध वृद्धाले भरिएको थियो । तरुणो तरुणी भनेको बाच्छा बाच्छी, पाठा पाठी, हाँस कुखुराका चल्लाहरू मात्रै देखिन्थिए । तिनीहरूलाई हेर्दै हिँड्दै मैले मेरो जवानी सकाउनु पर्ने होकी जस्तो लागिरहेको थियो । यत्तिकैमा मेरो नजर पँधेरामा पानी भरिरहेकी एक युवती माथि पर्यो । म उनीलाई एकछिन टोलाएर हेर्न थालेको थिएँ । उनको रेसमी बाक्लो कालो कपाल थियो । उनको सर्लक्क मिलेको नाक थियो । उनको गोरो अनुहार थियो । उनको आँखा मृग नयनी सायद यसैलाई भनिँदो होला । उनको ओठको लाली वाह ताली पित्न मन भएको थियो । उनको कम्मर ????? उनको कम्मर नभई ठूलो भुँडी थियो । हैट हल्का रमाइलो । उनी त दुई जिउँकी थिइन् । नियालेर फेरि उनको अनुहार हेरेको त उनी त आफ्नै सिता पो थिइन् । म राज्य फर्कनुको कारण अब केही बाँकी थिएन । तैपनि सिधै उनको सामुन्ने गएर पूरा रामायण सोध्नु पर्ने थियो र मेरो लेखलाई निरन्तरता पनि दिनु थियो ।

मलाई कुर्दै मेरी प्राण पियारीको दिनहरू बित्दै थियो रे । चराउँदै गरेको पाठाका बथान बाघको आहारा बनेको थियो रे । साहुको ऋण तिर्न नसकेर हुन नसकेको ससुराले साहुको जिम्मा लगाइदिए रे । त्यसपछि साहुको सहरा बन्नु परेको थियो रे । बाघले पाठा पाठी आहारा बनाए झैं साहुले मेरी सितालाई आहारा बनाए रे । उनको भुँडीमा भएको उही साहुको पाठा हो रे । मेरो मतलब पाठी हो रे । मेरो मतलब बच्चा हो रे ।

वाह रे गज्जब मेरो जिन्दगी मैले मेरो कथाको तयारी पाठक भेटाएको थिएँ । त्यसैले लेख्न त जसरी जे भए पनि लेखेर देखाउनु थियो । अनि बाह्र वर्ष सम्म पढाउनु थियो र प्रश्न सोध्नु थियो । सिताको पोइ खोइ ? अनि तयारी जवाब पनि मैले नै दिनु थियो उनी त साहुकी नायिका भएकी रहिछे रे । मेरो कथा मेरो गीतमा डाँकाको सरदार पोइ थियो । त्यत्रा वर्ष वनबास बसेको बेला सहबासको भूत दिमागमा पसेको थियो । यत्राको स्पर्श म त भोकैबास भएको थिएँ ।बरु हर्षले उही साहु पात्तिएर मात्तिएर बसेको होला । भूँडी बोकेर मेरी सिता चाहिँ आत्तिएर बसेकी होली । मलाई भने रामायण लेखुँ की महाभारत लेखुँ रात्तिएर तात्तिएर लाइफ ड्यामेज भएको महसुस हुँदै थियो । यस्तै कुरा मनमा खेलाएर बसेको थिएँ ।

यति कहानी सुनाएर माेरी गाग्री बोकेर हिंडेकी थिई । म भने उनलाई आँखाले भ्याउँजेल हेर्दै बसेको थिएँ । अब मलाई के लेख्नु के नलेख्नु हुन थालेको थियो । लक्ष्मण रेखा कोरु की ?, जुवा खेलेर सब जितेर लिने कि ?, साहुको नाईटोमा बाणले हानु की ?, कुरुक्षेत्रमा बोलाउने की?, वस्त्र हरण गर्नु की ?, लंका जलाउँ की ?, छ महिना सुतेर विउँझनु की ?, समुन्द्र तर्ने की ?, विश्वरूप देखाऊ की ?, अग्नि परीक्षा लिने कि ?। के लेख्ने के गर्ने भइरहेको थियो । एक्कासी पछाडि बाट दाई सुन्नुहोस त भनेको सुनेर पछाडि के हेरे थिएँ । त्यो दृश्य देखाउन पाए दर्शकलाई प्रष्ट हुन्थ्यो तर यहाँ पाठकलाई देखाउनु नमिल्ने थियो त्यसैले लेखेरै देखाउनु पर्ने थियो ।

छोटो मिनिस्कर्ट, ब्लाउज जस्तो लुगाले माथिको भाग छोपिएको थियो, कम्मर देखिने लुगा थियो, नाईटोमा मुन्द्रा झुन्ड्याइएको, खैरो कपाल, ठूलो ठूलो आँखा, रातो लिपिस्टिक लगाएकी हेर्दा पर्यटक जस्तो देखिने तर पर्यटक भने पक्कै थिइनन् । उनिलाई नेपाली पर्यटक भन्दा बेस हुन्थ्यो । अब मैले उनलाई फन् फनी गाउँ घुमाउने निधो गरिसकेको थिएँ । अनि मेरो घनश्याम कहानी सुरु हुने संकेत मैले पाइसकेको थिएँ । “म त तिम्रो घनश्याम तिमी मेरी राधा पियारी” भन्ने गीत कानमा गुन्जिन थालेको थियो र म आफै पनि गुनगुनाउन थालेको थिएँ ।

म त तिम्रो घनश्यामsssssssss

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

रोल्पामा सुनिए समयका १७ कविताहरू

मदन पुरस्कार विजेता भगिराज इङ्नामसँग अन्तर्वार्ता : ‘पृथ्वीनारायण र प्रताप शाह कालगतिले मरेकोमा आशंका छ’

मधेस विखण्डन साेचविरुद्ध ‘एक’

म त तिम्रो घनश्याम (हाँस्यकथा)

शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki