बागलुङ, असोज ५ गते । बागलुङ बजारदेखि नजिकै भएपनि खानेपानीको अभाव झेल्न बाध्य पाखाथरका ५० घरधुरीलाई लक्षित गरी लिफ्टिङ प्रविधिबाट राईला खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानीको अभाव रहेको बागलुङ नगरपालिका वडा नम्बर चार पाखाथरमा बागलुङ नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट राईला खानेपानी आयोजना निर्माण गरिएको हो ।
बागलुङ नगरका सबै घरमा धारा पु¥याउँने अभियानमा लागेको बागलुङ नगरपालिकाले पाखाथरका ५० घरधुरीमा धारा पु¥याउँनका लागि आर्थिक वर्ष २०७४-०७५ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाबाट विनियोजन भएको २० लाख, स्थानीयवासीको २० लाख बराबरको जनश्रमदान र प्रतिघर २६ हजार रुपैयाँ संकलन गरी ३१ लाख ८१ हजार ९१ रुपैयाँको लागतमा राईला खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
बढ्दो शहरीकरणका लागि पुराना मुहानहरु सुक्दै गएका र बागलुङ बजारका लागि वितरण हुने खानेपानी लैजान केही माथि भएकाले असम्भव भएपछि लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष देवी शर्माले बताउनुभयो । ‘हामीलाई खानेपानी जसरीपनि ल्याउनु थियो, नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउँने भएपछि २० लाख वरावरको जनश्रमदान र प्रतिघर २६ हजार रुपैयाँ नगद जम्मा गरेर खानेपानी आयोजना निर्माण गर्न सक्यौं ।’ शर्माले भन्नुभयो ।
गाउँमा खानेपानीको मुहान नभएकाले लिफ्ट प्रविधिबाट तीन सय मिटर तल रहेको मुहानबाट पानी तानेर घरघरमा धारा पुगेका छन् । ‘गाउँ माथिपनि पुरानो मुहान थियो, त्यहाँको पानी र तलबाट लिफ्ट प्रविधिबाट तानेको पानी मिसाएर गाउँका सबै घरमा वितरण गरेका छौं, नगरपालिकाले विनियोजन गरेको रकम वरावरनै श्रमदान गरेर स्थानीयले खानेपानी निर्माणमा सक्रियता देखाएकै कारण समयमै खानेपानी आयोजना निर्माण सम्पन्न भयो ।’ बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले भन्नुभयो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नगरका सबै घरमा खानेपानी पु¥याउँने नगरपालिकाको अभियानमा उपभोक्ताहरुको सक्रिय सहभागिता भएको बताउनुभयो । ‘हामीले नगर भित्रका हरेक घरमा खानेपानी पु¥याउँने उद्देश्य सहित मुहानको खोजी गरिरहेका छौं, मुहान नभएका ठाउँमा लिफ्ट प्रविधिबाट भएपनि खानेपानी पु¥याउँने अभियान अनुसार पाखाथरमा पनि यो आयोजना निर्माण सम्पन्न भएको हो ।’ पौडेलले भन्नुभयो ।
पौडेलले यो दुई वर्षको अवधीमा बागलुङ नगरका एक हजार पाँच सय घरमा ‘एक घर, एक धारा’ निर्माण भइसकेको जानकारी दिनुभयो । ‘अब घरको माथि खानेपानीको मुल छैन भनेर बस्नु पर्दैन नगरपालिकाले लिफ्टिङ प्रविधिबाट भएपनि खानेपानी ल्याउँन तत्परता देखाउनेछ ।’ पौडेलले भन्नुभयो ।
लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि घरघरमा चौबिसै घण्टा पानी आउन थालेको उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताउनुभयो । पौडेलका अनुसार पानी नियमित मर्मत गर्नका लागि एक जना हेरालु पनि राखेका छन् । सदरमुकाममा बितरण भएको पानी आठ हजार लिटरसम्म प्रयोग गर्दा दुई सय रुपैयाँ तिर्नुपर्छ भने यो आयोजनाले १५ हजार लिटर पानी प्रयोग गरेपछि मात्र दुई सय रुपैयाँ शुल्क तोकेको छ ।
गाेरखापत्र दैनिकमा प्रकाशित