Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काम गर्न असहज भएको हुलाकीको गुनासो

  • ७ वर्ष अगाडि

बेलिना थापा, लमजुङ, असोज १६ गते । लमजुङका अतिरिक्त हुलाकका प्रतिनिधि, वितरक र डाक बाहकले काम गर्न समस्या भएको बताएका छन् । साबिकको गाविस रहँदा वडाअनुसार चिठीमा ठेगाना उल्लेख गरेपनि अहिले गाउँपालिका÷नगरपालिकाको वडा मात्र उल्लेख गर्दा चिठ्ठी पु¥याउन समस्या भएको बताएका छन् ।

दोर्दी गाउँपालिका वडा नम्बर ५ पाचोकका छकबहादुर घलेले लामोसमयसम्म काम गर्दा समस्या नभएपनि अहिले स्थानीय तहगत संरचनापछि असहज भएको बताउनुभयो । ‘पहिले गाविस थियो एउटा गाविसमा नौं वडा हुने भएकाले कसको चिठ्ठी हो पत्ता लाग्न सहज थियो तर अहिले एउटै गाविस एउटा वडा भएको छ, ठूलो भुभाग भएको र वडा नम्बर मात्र लेखेर आएको चिठ्ठी कसको हो भनेर खोज्नै समस्या भइरहेको छ ।’ घलेले भन्नुभयो ।

३० वर्षदेखि हुलाकीको रुपमा काम गर्दै आउनुभएका बेंसीसहर नगरपालिका ३ गाउँशहरका मनकाजी श्रेष्ठले संघ संस्था, बैंकलगायतले राम्रोसँग ठेगाना नखुलाउँदा पत्र फिर्ता हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले सरकारी चिठ्ठीहरु आउँछ, व्यक्तिको नाम र थर समेत विगारेर आउँछ । ठेगाना स्पष्ट हुँदैन । हामीलाई सम्बन्धित कहाँ पु¥याउन समस्या छ । कहाँ दिने र कसलाई दिने हुन्छ । काम थपियोस् तर सहज पनि हुनुपर्छ ।’ श्रेष्ठले भन्नुभयो । उहाँले कामको चाप बढ्ने तर तलव सुविधा नबढ्ने गर्दा हुलाकीहरु समस्यामा परेको बताउनुहुन्छ । ‘अहिलेको तलव सात हजार रुपैयाँ मात्र छ, अन्य कर्मचारीको जस्तै आफुहरुको पनि तलब बृद्धि हुँदै जानुपर्नेमा हुलाक सेवाका कर्मचारीहरुको तलव बृद्धिका ध्यान दिइएको छैन ।’ श्रेष्ठले भन्नुभयो ।

हुलाकी हरिकृष्ण घिमिरेले जिल्लामा लामो समयसम्म काम गर्दै आएकालाई सम्मान हुनुपर्ने र कामका साथै तलब बृद्धि हुनुपर्ने बताउनुभयो । एक ठाउँको सूचना पु¥याउन घरघरमा पुग्ने हुलाकीको दुःख अनुसारको पारिश्रमिक हुनुपर्ने उहाँले बताउनुभयो । जिल्ला हुलाक कार्यालय लमजुङका निमित्त हुलाक अधिकृत ज्ञानेन्द्रप्रसाद मरासिनीकाअनुसार कार्यालय अन्तर्गत दुई सय १० जना कर्मचारी छन् ।

दरबन्दी दुई सय ६४ छ । ५० वटा अतिरिक्त हुलाकमा एक सय ७३ जना, स्थायी कर्मचारी २७ र करारमा १९ जना छन् । स्थायी कर्मचारी दरबन्दी ६३ जनाको छ । हुलाक कार्यालयले चिठीपत्रको काम मात्र नभएर बैदेशिक पाठशल पु¥याउने समेत व्यवस्था गरेको छ ।

यसको हकमा भारतीय पेन्सनरहरुमा बढी समस्या भएको कार्यालयका खरिदार सुमन ढकालले बताउनुभयो । उहाँका अनुसार बाहिरबाट चिठी तथा पाठशल पठाउँदा ठेगाना स्पष्ट नहुँदा फिर्ता हुने गरको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले हुलाकमा सेवाग्राही घटेकोले सेवामा विविधिकरण गर्नुपर्ने बताउनुभयो । कार्यालयअन्तर्गत ठूलो संख्यामा कर्मचारी रहेकाले जिल्लाको सूचना संकलनमा सहयोग पुग्ने र शान्ति सुरक्षामा समेत सघाउ पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com