Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

स्याउबाट समृद्धि खोज्दै प्रदेश सरकार

  • ७ वर्ष अगाडि

नेपालसञ्चार, पोखरा, असोज २४ गते । गण्डकी प्रदेश सरकारले केही वर्ष भित्रै स्याउमा आत्मनिर्भर बन्नेगरी छिटो मुनाफा गर्न सकिने स्याउ खेती विस्तारमा लगानी गर्न थालेको छ । प्रदेश सरकारले गण्डकी प्रदेशका मुस्ताङ, मनाङका सबै ठाउँ तथा गोरखाको धार्चे र चुनुब्री गाउँपालिकामा स्याउ खेती गर्न लागेको हो ।

स्याउ खेतीका लागि प्रख्याती कमाएका ठाउँमा नयाँ जातको स्याउ खेती गर्दा छोटो समयमा आम्दानी गर्न सकिने भएकाले प्रदेश सरकारले नयाँ जातका स्याउका विरुवा ल्याउँनका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । प्रदेश सरकारले छनोट गरेका स्थानमा यस अगाडिपनि इटालीबाट ल्याइएका फुजी, गाला, फुजी मेमा, फुजी मेमो लगायतका जातका स्याउ खेती भइरहेकाले त्यसको विस्तारका लागि किसानलाई विरुवामा अनुदान दिनेगरी बजेटको व्यवस्था गरिएको मन्त्री बस्नेतले बताउनुभयो ।

भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशका विभिन्न ठाउँमा नयाँ प्रजातीका स्याउ खेती गर्ने ठूला ठूला फर्महरु समेत रहेकाले केही वर्ष भित्रै स्याउमा आत्मनिर्भर बनाउँने गरी प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँका अनुसार इटालीबाट ल्याइने स्याउको विरुवाले दोस्रोवर्ष बाटै आम्दानी दिने भएकाले ति प्रजातीका विरुवा खरिद गरेर किसानलाई वितरण गरिनेछ ।

प्रति विरुवा एक हजार रुपैयाँ भन्दा बढी पर्ने उक्त विरुवा प्राप्त गर्ने किसानहरुले ३० प्रतिशत लगानी गर्नुपर्ने छ भने प्रदेश सरकारले ७० प्रतिशत अनुदान दिनेछ । ‘हामीले प्रदेश सरकारबाट चार करोड ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेका छौ, किसानहरुले ३० प्रतिशत लगानी गर्न यो योजनाको बजेट सात करोड पुग्छ, अब टेन्डर प्रक्रियामार्फत ५० हजार भन्दा बढी विरुवा विदेशबाट स्याउका विरुवा ल्याउने तयारी गरिरहेका छौं ।’ मन्त्री थापाले भन्नुभयो । गत वर्ष प्रति विरुवा एक हजार एक सय रुपैयाँमा खरिद गरिएकोमा यस वर्ष डलरको भाउ र इटालियन फर्मले तोक्ने मूल्यका आधारमा विरुवाको मूल्यमा घटबट हुनेभएपनि एक हजार भन्दा बढी पर्ने मन्त्री थापाले बताउनुभयो ।

स्याउका लागि प्रख्यात ठाउँमा संघीय सरकारले समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अनुसार स्याउ जोनको काम भइरहेकाले प्रदेश सरकारको लगानीमा सहजता आउने किसानहरु बताउँछन् । गण्डकी प्रदेशका मुस्ताङ र मनाङमा ठूला ठूला फर्महरुले विदेशबाट ल्याएर विभिन्न जातका स्याउ खेती गरिरहेको र सफल समेत भएकाले प्रदेशले गर्ने लगानीले तत्काल प्रतिफल पाउँन सकिने किसानहरु बताउँछन् ।

मनाङमा एग्रो मनाङका सञ्चालक युवराज गुरुङले इटलीबाट ल्याएका विरुवाबाट दोस्रो वर्षबाटै आम्दानी गर्न सकिने भएकाले तत्काल प्रतिफल लिन सकिने बताउनुभयो । किसानहरुले परम्परागत रुपमा गर्दै आइरहेका स्थानीय जातका स्याउ रोपेको पाँच–छ वर्षपछि मात्र उत्पादन गर्न सकिने भएपनि नयाँ जातका स्याउबाट दोस्रो वर्षबाटै उत्पादन गर्न सकिने गुरुङको भनाई छ ।

दक्षिण एसियामै सबैभन्दा ठूलो फर्मको रुपमा रहेको उक्त फर्ममा अहिले ६६ हजार स्याउका विरुवाहरु रहेका छन् । नयाँ जातका स्याउमा लाग्ने रोग, यसलाई गर्नुपर्ने स्याहार सम्भार स्थानीय जातकै स्याउकै जस्तो भएकाले नयाँ जातका स्याउ लगाउन अप्ठ्यारो नहुने गुरुङले बताउनुभयो । करिब तीन–चार फिट अग्लो विरुवा ल्याएर रोपिने भएकाले पहिलो वर्षनै फल्ने भएपनि पहिलो वर्षको फलले विरुवामा समस्या हुने भएकाले दोस्रो वर्षबाट मात्र उत्पादन लिने गरिएको गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com