Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

कुश्मीसेरामा जीप दुर्घटनाः १३ घाईते, चारको अवस्था गम्भिर

  • ३ वर्ष अगाडि

बागलुङ, १४ मंसिर ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १३ विद्यार्थी घाईते भएका छन् ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज २०७ नम्बरको पिक अप भ्यान कुश्मीशेरामा दुर्घटना हुँदा धौलागिरी पोलिटेक्नीक इन्टिच्युटमा अध्ययरत विद्यार्थी घाईते भएका हुन ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेराले जानकारी दिएको छ । स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि धौलागिरी अंचल अस्पतालमा पठाएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
गम्भिर घाईते जुम्ला घर भएकी बर्ष १९ की उमा उपाध्याय, कैलाली घर भएका बर्ष १९ की दिललामा सिह ठकुरी, पर्वत जिल्ला घर भएकी बर्ष १७ की प्रमिला परियार र सर्लाही घर भएका बर्ष २० का पृथ्वी नारायण शाहको धौलागिरि अञ्चल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
त्यसैगरि अन्य घाइते जुम्ला घर भएका बर्ष २१ का रामशंकर न्यौपाने, हुम्ला घर भएका बर्ष १८ का जिवन राहुत, बागलुङ घर भएकी बर्ष १८ की पुजन मल्ल ठकुरी, गोर्खा घर भएकी बर्ष १९ की एञ्जीला गुरुङ, सर्लाही घर भएका बर्ष १८ का सुनिल महत, सिराहा घर भएका बर्ष २१ का नरेशकुमार यादव, हुम्ला घर भएका बर्ष १८ का छोजम रोका, जुम्ला घर भएकी बर्ष १८ की प्रिति न्यौपाने र बाके घर भएकी बर्ष १८ की मंगला मल्लको पनि अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
पिकअप भ्यान सडकमा पल्टीएको प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत बगरले बताउनुभयो । घाईते यात्रुहरुका अनुसार बलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्टीच्युटमा अध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki