Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रक्रियागत समस्या हटे लगानी गर्न उत्साहित

  • ७ वर्ष अगाडि

बागलुङ, पुस १३ गते । राज्यले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएका पूर्वपश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग तथा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको केन्द्र बिन्दुमा रहेको बागलुङमा लगानी जुटाउँने उद्देश्यले बहुचर्चित उद्योगी व्यवसायी सहभागी लगानी सम्मेलन गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघले प्रभु बैंकको सहकार्यमा गरेको लगानी सम्मेलनमा सफल उद्योगी व्यवसायीहरुले बागलुङ लगानीका लागि उपयुक्त स्थल भएकाले लगानीमैत्री वातावरण सिर्जना गर्न सके लगानी भित्रिने बताएका थिए ।

लगानी सम्मेलनमा नेपालकै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका सफल व्यवसायी नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपालमै पहिलो रेमिट्यान्स कारोवारको सुरुवातकर्ता आइएमइ ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्द्र ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएपनि प्रक्रियागत झन्झटिलो प्रक्रियाका कारण व्यवसायीले लगानी गर्ने वातावरण नभएको बताएका थिए ।

व्यवसायीले प्रतिफल प्राप्त हुने ठाउँमा मात्र लगानी गर्ने भन्दै नेपालमा हरेक उद्योग, कलकारखाना स्थापना गर्दा प्रक्रियागत झन्झट भएकाले त्यसलाई हटाउँन सके लगानी गर्ने वातावरण सिर्जना हुने उद्योगी व्यवसायीहरुको भनाई थियो । गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले ठाउँलाई माया गरेर मात्र लगानी गर्न नसकिने भन्दै बागलुङमा पर्यटन, जलविद्युत र कृषि उद्योगको सम्भावना रहेकाले लगानी गर्न उपयुक्त ठाउँ देखाए आफूहरु लगानी गर्न तयार रहेको बताउनुभएको थियो ।

आफ्नो समूहले कृषि उद्योगमा समेत लगानी गरीरहेको भन्दै जिल्लामा ठूलो मात्रामा अर्गानिक उत्पादनको सुनिश्चितता भए लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेपालमा उद्योगको विकास नभएसम्म समृद्ध बन्न नसक्ने भन्दै नेपालबाट पलयान भएका युवालाई स्वदेशमै फर्काउँन नीजी क्षेत्रलाई लगानी योग्य वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको थियो ।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले आफू बागलुङमै जन्मेको भएकाले आफ्नो जिल्लामा लगानी भित्राउँनका लागि तत्पर रहेको बताउनुभयो । उहाँले स्थानीय उद्योगी व्यवसायीहरुको साथ लिएर केही न केही ठाउँमा लगानी गर्न तयार रहेको भन्दै नेपालका सातै प्रदेशमा केवलकार सञ्चालन गर्नेगरी काम अगाडि बढाइएको बताउनुभयो ।

चन्द्रागिरी केवलकारको भौतिक पूर्वाधार निर्माण गर्न भन्दा प्रक्रिया मिलाउँन दोब्बर समेत लागेको भन्दै यस्तो अवस्थामा लगानी गर्न नसकने बताउनुभयो । ‘अहिलेपनि कुनैन कुनै काम गर्दा २०–२२ ठाउँमा पुगेर अनुमती लिनुपर्ने अवस्था आउँछ, एउटा निकायको अनुमतीलाई अर्को निकायबाट बाधा व्यवधान गरिन्छ, सरकारले जग्गा व्यवस्थापन र प्रक्रियागत सहजता ल्याउन सके धेरै सर्न सकिन्छ ।’ ढकालले भन्नुभयो ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले जिल्लाका व्यवसायीलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी गराउनुभएको थियो । व्यवसाय सुरु गरेपछि सरसफाईमा ध्यान दिनुपर्ने, राष्ट्रप्रति जिम्मेवार बन्नुपर्ने र कडा परिश्रम गर्नुपर्ने बताउनुभयो । सरकारले काम गर्ने वातावरण बनाएमा बागलुङमा पनि छिट्टै भाटभटेनी सञ्चालन गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लगानी सम्मेलनमा उठेका विषयलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक योजना मन्त्री किरण गुरुङले हिजोका दिनमा हुने प्रक्रियागत झन्झटलाई व्यवस्थित गरेर अगाडि बढ्ने सोंच प्रदेश सरकारले राखेको बताउनुभएको थियो । उहाँले हरेक स्थानीय तहमा औद्योगिकरण स्थापना गर्ने नीति अनुसार उद्योगग्राम स्थापनाको काम अगाडि बढेको भन्दै त्यस ठाउँमा पूर्वाधार निर्माण प्रदेश सरकारले गर्ने र नीजि क्षेत्रले लगानी गरेर उद्योग स्थापना गर्न सहज हुने बताउनुभयो ।

सरकारको नीतिबाट निर्देशित भएर बिधि निर्माण गर्ने भएकाले प्रदेशको विकासका लागि काम गरिरहेको गुरुङको भनाई थियो । हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले लगानी गर्दा दीर्घकालिन सोचका साथ गर्न आग्रह गर्नुभयो । ‘सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन समय लाग्छ ।’ गुरुङले भन्नुभयो । अहिले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत, कृषि लगायतको क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । लगानी सम्मेलनको आयोजक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गण्डकी प्रदेशका सम्भावनाका बारेमा जानकारी गराउँनु्भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com