गण्डकी प्रदेशभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य आकर्षण गर्न सक्ने स्थलहरु भएको प्रदेश हो । ११ वटा जिल्ला समावेश भएको यस प्रदेशका हरेक जिल्ला पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण स्थलहरु रहेका छन् । प्रदेशको केन्द्र पोखरा आफैमा पर्यटकीय राजधानीको रुपमा विकास भइरहेको छ । प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने पर्यटक मात्र नभएर यस क्षेत्र साहसिक पर्यटन तथा धार्मिक पर्यटनका हिसावलेपनि अति महत्वपूर्ण मानिन्छ । पर्यटनलाई समृद्धिको पहिलो आधारको रुपमा लिएको प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाएको छ । नेपाल सरकारले मनाउँन लागेको नेपाल भ्रमण वर्ष २०२० को स्वागतमा जुट्नुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालसँग चन्द्रप्रकाश शर्माले गर्नुभएको कुराकानी ।
गण्डकी प्रदेश सरकाले पर्यटनलाई समृद्धिको पहिलो आधार भनेको छ, यो अवधीमा प्रदेश सरकारले पर्यटनका क्षेत्रमा के कस्ता कामहरु गर्न सक्यो ?
– सर्वप्रथम नयाँ संविधानअनुसार गण्डकी प्रदेश सरकारको गठनपछि हिजो विकास क्षेत्र, जिल्ला, इलाका, गाविस लगायतले केके काम गरे भन्ने विषयमा अध्ययन गरी संघीयतापछि यस प्रदेशको वास्तविक अवस्था के हो भन्ने विषयमा एकीन तथ्याङ्क संकलन ग¥यौं । हामीले तत्काल भइराखेका कामलाई कसरी निरन्तरता दिने, पाँच वर्ष र २५ वर्षपछिको गण्डकी प्रदेश कस्तो हुने भन्ने विषयमा यहाँको सम्भावनाका विषयमा प्रदेश सरकारको अध्ययन, विज्ञको सुझाव र यथार्थ तथ्याङ्कका आधारमा समृद्धिका सात आयाम तय गरेका छौं । सोहीअनुसार पर्यटनलाई पहिलो, कृषि दोस्रो, उर्जा तेस्रो, उद्योग चौथो, पूर्वाधार विकासलाई पाँचौ, शिक्षालाई छैठौ र सुशासनलाई सातौ आयामको रुपमा लिएका छौ । यही अनुसार प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मलाई विशेष वर्षको रुपमा मनाउँन थालेको छ । भर्खरमात्र सकिएको सन् २०१९ मा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक गण्डकी प्रदेशमा भित्राउँने लक्ष्य लिइएकोमा त्यो लक्ष्य प्राप्तीमा सफल भएका छौं । सन् २०२० लाई छिमेकी आकर्षण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको सहकार्य वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ मा गण्डकी प्रदेशभित्र २० लाख पर्यटक भित्राउँने लक्ष्य सहित अगाडि बढेका छौं ।
प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सकिएको छ, आन्तरिक भ्रमण वर्ष कत्तिको सफल भएको छ ?
– गण्डकी प्रदेश पर्यटकीय प्रयाप्त मात्रामा पर्यटकीय स्थलहरु भएको ठाउँ हो । गण्डकी प्रदेशभित्र ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ पर्यटनको सम्भावना अत्याधिक भएकै कारण आन्तरिक भ्रमण वर्षको घोषणा गरेका थियौं । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षबाट हामी उत्साहित छौं । केही प्राविधिक कारणले धेरै भन्दा धेरै पर्यटकहरुलाई आकर्षित गर्न समस्या भएपनि हामीले राखेको लक्ष्यमा पुग्न सकेका छौं । आन्तरिक भ्रमण वर्षकै बेला पोखरा लगायतका ठाउँमा डेङ्गु रोगको प्रकोप बढ्दै गएको र पर्यटकहरुको मुख्य सिजनको रुपमा रहेको समयमा वर्षा बढी भएकाले केही समस्या भएपनि हामी पर्यटनवर्षबाट उत्साहित छौं । पर्यटन वर्ष मनाउँन सुरु गर्दै गर्दा हामीलाई सबैभन्दा ठूलो समस्या यहाँ आउँने पर्यटकहरुको डाटाले बनाएको थियो । अहिले प्रदेश सरकारले गण्डकी प्रदेशमा भ्रमणका लागि आउने पर्यटकको तथ्याङ्क संकलनका लागि पर्यटकको प्रवेश हुने स्थल हवाई यात्रुका लागि पोखरा विमानस्थल, स्थलमार्गबाट आउने पर्यटकहरुको स्याङ्जा र तनहुँमा पोष्ट राखेर तथ्याङ्क संकलनको काम गरेका छौं । यो बाहेक यहाँको होटलहरुमा कति पर्यटक बसे, यहाँको प्याराग्लाइडिङ, अल्ट्रालाइट, विभिन्न ताल तथा नदीमा ¥याफ्टिङ गर्ने पर्यटकहरुको लगत समेत संकलन गरेर तथ्याङ्कलाई व्यवस्थित गर्ने काम गरेका छौं । यही समयमा बंगलादेशका राष्ट्रपति समेत पोखरा आएर फेवातालमा डुङ्गा सयर गरेर जानु भएको छ । यसले विश्वमा नेपालको पर्यटकीय सम्भावना रहेको छ भन्ने विषयमा महत्वपूर्ण सन्देश दिएको छ । हामीले साफ खेलकुदका ८ वटा प्रतियोगिता पोखरामा सम्पन्न गर्न सक्यो यसलेपनि पर्यटन प्रवद्र्धनमा थप मद्धत पुराएको छ । खेलकुदमा सहभागी हुन आउने स्वदेशी तथा विदेशी खेलाडीहरुले खेलकुदसँगै यहाँको प्राकृतिक सौन्दर्यतामा रमाएको हामीले पाएका छौं ।
पर्यटन पूर्वाधार निर्माणतर्फ प्रदेश सरकारले के कस्ता कामहरु गरेको छ ?
– गण्डकी प्रदेश सरकारले पर्यटकहरुको मुख्य आकर्षण हुने स्थलहरुको विकासका लागि लगानी गरिरहेको छ । यहाँको नेचर, कल्चर र एडभेन्चरलाई लक्षित गरी डिपिआर तयार गर्नेदेखि विकास निर्माणको काम समेत गर्दै आइरहेको छ । हामीले गण्डकी प्रदेशका ११० पर्यटकीय गन्तव्य घोषणा गरी ति गन्तव्यहरुको पूर्वाधार विकासमा लगानी गरीरहेका छौं । प्रदेशका ११ वटा जिल्लामा चार÷चार वटा गरी ४४ वटा पर्यटकीय गन्तव्यको विकासका लागि ४०÷४० लाख रुपियाँका दरले बजेट विनियोजन गरेका छौं । ग्रामिण पर्यटनको विकासमा ध्यान दिदै २७४ वटा होमस्टेहरुलाई करिब २७ करोड रुपियाँ अनुदान दिएर त्यहाँको पूर्वाधार निर्माणमा सहयोग गरेका छौं । जसका कारण गण्डकी प्रदेशका कुनैपनि ठाउँमा पुग्ने पर्यटकहरुले खान बस्न पाएनौ भन्न नपर्ने वातावरण सिर्जना गरेका छौं । यो लगायत हामीले प्रदेश सरकारकातर्फबाट हरेक प्रदेशमा पुगेर गण्डकी प्रदेश भ्रमणका लागि निम्ता दिएका छौ ।
पर्यटन प्रवद्र्धन भइरहेको बताइरहँदा पोखरामा पर्यटकको संख्या कम भयो भन्ने छ खास कारण के होला ?
– गण्डकी प्रदेशमा अब पर्यटकको संख्या अभाव हुने अवस्था छैन । हिजो पोखरामै धेरै दिन रमाउँने पर्यटकहरुलाई प्रदेशका अन्य पर्यटकीय स्थलहरुले तान्न थालेका कारणपनि पोखरामा पर्यटकको संख्या कम भएको हुनसक्छ । मुस्ताङको मुक्तिनाथ, लोमन्थाङ, बागलुङको ढोरपाटन, मनाङको तिलिचो ताल लगायतका पर्यटकीय स्थलहरुमा बढी जाने गरेको पाइन्छ । शान्त वातावरणमा बस्न रुचाउँने पर्यटकहरुका लागि त्यस्ता ठाउँहरु बढी रोजाइमा पर्ने र ग्रामिण क्षेत्रमा समेत पर्यटकीय गन्तव्यहरुको विकास भएको, त्यहाँको होमस्टेहरुले पर्यटकहरुलाई खान र बस्नको व्यवस्था गरेका कारणपनि शहरी क्षेत्रमा बसोवास गर्ने पर्यटकहरुको संख्या कम भएको हुनसक्छ तर गण्डकी प्रदेशमा पर्यटकको संख्या अत्याधिक मात्रामा बढेको छ ।
मन्त्रालयले बाह्य पर्यटकलाई लक्षित गरी के कस्ता योजनाहरु अगाडि बढाएको छ ?
– अहिलेपनि हाम्रोमा दक्ष जनशक्तिको अभाव छ । भाषाकै कारणपनि बाह्य पर्यटन भित्राउँन परेको समस्या समाधानक लागि हामीले अब भाषा तालिमको व्यवस्थापन गर्ने योजनामा छौं । अहिलेपनि चिनबाट वर्षेनी २० करोड बढी मानिसहरु विदेश भ्रमणमा निस्कने गर्दछन् ति मध्य सिमित प्रतिशत पर्यटकलाई नेपालमा भित्राउँन सक्ने हो भने अवश्यपनि हामी पर्यटनबाटै समृद्धि प्राप्ती नजिक पुग्न सक्छौ । तर हामीलाई अहिले दोभाषेकै समस्या छ । चिनियाँ राष्ट्रपति सिजिनपिङको नेपाल भ्रमणपछि चिनियाँ पर्यटकहरुको आगमन बढेको छ । यहाँको साँस्कृतिक सम्पदासँगै सडक मार्ग र रेलमार्गसँग समेत जोडिने भएकाले त्यहाँको पर्यटकको आगमन नेपालमा बढ्ने निश्चित छ । चिनियाँ धार्मिक पर्यटकलाई लुम्बिनी भ्रमण र भारतीय हिन्दुहरुलाई मुक्तिनाथ मन्दिरसम्म दर्शन गराउँन सक्ने र त्यस्ता धार्मिक स्थलहरु गण्डकी प्रदेशमा बढी मात्रामा भएकाले त्यसलाई लक्षित गरी भाषा प्रशिक्षण लगायतका काममा गण्डकी प्रदेशले काम गर्ने सोच बनाएको छ ।
होमस्टेमा प्रदेश सरकारको लगानी धेरै छ यहाँबाट कस्तो प्रतिफल प्राप्त भएको छ ?
– गण्डकी प्रदेशका हरेक कुना कुनामा पर्यटकीय स्थलहरु रहेका छन् । पर्यटकीय स्थलहरु रहने तर खाने बस्ने व्यवस्था नहुँदा धेरै पर्यटकीय स्थलहरु ओझेलमा थिए । हामीले होमस्टे प्रवद्र्धनसँगै आयात घटाउँने अभियान समेत थालेका हौ प्रदेश सरकारले जसले ७५ प्रतिशत भन्दा बढी अर्गानिक स्थानीय उत्पादन खुवाउँने व्यवस्था गर्छ त्यसलाई पहिलो वर्गको होमस्टे, ५० प्रतिशत भन्दा बढी अर्गानिक स्थानीय उत्पादन खुवाउँने व्यवस्था गर्नेलाई दोस्रो वर्गको होमस्टेको रुपमा घोषणा गरी समग्र प्रदेशको होमस्टेहरुका गतिविधि संलग्न गरी होमस्टे दर्पण प्रकाशन गरेका छौं । यसले स्थानीय स्तरमा पर्यटनको विकाससँगै स्थानीय उत्पादन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुराएको छ ।
यहाँका पर्यटकीय स्थलहरुमा पुग्नका लागि लिइने रोयल्टी बढी भएको र विश्वमै चर्चित पदमार्गहरुमा होटलहरु स्थापनाका लागि अप्ठ्यारो भएको गुनासो छ यसको सहजीकरणका लागि के गर्दै छ ?
– प्रथमत यहाँका लोमन्थाङ लगायत विदेशी पर्यटकहरुको आकर्षणमा रहेका स्थलहरुमा पुग्नका लागि रोयल्टी तिर्नुपर्ने प्रावधान रहदै आएको छ । यो विगतदेखिनै हुँदै आएकाले सबैलाई सहजीकरण गर्नेगरी काम गर्ने गरीरहेका छौं । एक्यापलेपनि पर्यटनका क्षेत्रमा धेरै काम गरीरहेकाले पर्यटकीय स्थलहरुमा सुविधासम्पन्न होटलहरु स्थापना गर्नेदेखि लिएर पर्यटन रोयल्टी संकलन तथा वितरणमापनि स्पष्ट नीति बनाएर अगाडि बढ्ने तयारीमा छौं ।
गण्डकी प्रदेशमा पर्यटन विकासमा के के गर्दै हुनुहुन्छ ?
– हामीले समग्र गण्डकी प्रदेशको पर्यटन विकास गुरुयोजना बनाउँने तयारीमा छौं । सोही गुरुयोजना अनुसार नीजी क्ष्ोत्रलाई लगानी गर्न आव्हान गर्ने तयारीमा छौ । अहिलेपनि कुनैपनि मेला महोत्सव गर्दा साँघुरो ठाउँमा गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि पर्यटन स्थलको रुपमा विकास गर्ने तयारी गरीरहेका छौं । पोखरामै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँका हवाई खेलकुदमा समस्या देखिने भएकाले यहाँको हवाई खेलकुदलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोंच बनाएका छौं । अहिलेसम्म पोखरामा मात्र केन्द्र्रित रहेको पर्यटनलाई देशव्यापी गराउँन तयारी गरीरहेका छौं । गण्डकी प्रदेशका दायाँ तीन र वायाँ तीन प्रदेश रहेकाले बीचमा रहेको पोखरालाई केन्द्र बनाएर सबै क्षेत्रमा पुग्नेगरी हवाई यातायात, सडक यातायात लगायतका सेवा सुविधा विस्तारमा प्रदेश सरकारले रणनीति बनाएर अगाडि बढीरहेको बढ्नेछ ।
अन्तमा, नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ, भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले के गर्दैछ ?
– प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा सम्पन्न गरेको छ । यहाँबाट सिकेका पाठलाई नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेश सरकार लाग्नेछ । संघीय सरकारबाट पर्यटन वर्ष सफल बनाउँनका लागि बजेट समेत प्रदेश सरकारलाई पठाइसकेको छ । हामीले हरेक स्थानीय तहमा पर्यटन वर्ष समिति गठन गरेर अगाडि बढेका छौं ।
साभारः गोरखापत्र दैनिक