Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

असम्भव भनिएको पुल एक वर्ष अगाडिनै सकिने

  • ७ वर्ष अगाडि

बागलुङ, पुस २३ गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुल निर्माण अवधीको एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो ।

सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवधी भन्दा एक वर्ष अगाडिनै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिनुभयो । लामो समयदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएकाले रोकिएको थियो ।

नेपालमा ३६० मिटर भन्दा माथिका पुल निर्माण नभएको र प्रविधि समेत नभएकाले लामो समय रोकिएको पुल नयाँ प्रविधि भित्रिएपछि निर्माण सुरु गरिएको थियो । सरकारले चिनबाट लठ्ठा तान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माणमा सहजता भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ५६७ मिटर लामो र १६० मिटर अग्लो उक्त पुल एसियाकै लामो पुल रहेको दावी गरिएको छ । ‘विश्वमा सवारी साधन सञ्चालन हुने खालका पुलहरु समेत छन् तर यती लामो सिङ्गल स्पान झोलुङ्गेपुल भएको रेकर्ड भेटिएको छैन ।’ प्राविधिक बानियाँले भन्नुभयो ।

पुल निर्माणको जिम्मा पाएको थानी÷विएलटि÷हिमशिखर जेभी निर्माण कम्पनीले पुल सिलान्यासकै क्रममा छ महिना अगाडि काम सम्पन्न गर्ने घोषणा गरेपनि एक वर्ष अगाडिनै सम्पन्न हुने भएको छ । पुल निर्माणको सबैभन्दा जटिल लठ्ठा तान्न हुने भएपनि शनिबारसम्म पुलका सबै लठ्ठा तानेर सकिएको र अबको ४५ दिनभित्र अन्य सम्पूर्ण फिटिङका काम सकिने निर्माण कम्पनीले जनाएको छ ।

हिमशिखर निर्माण सेवाका नरहरी खड्काले पुलको पुल मुनी मालढुङ्गा–बागलुङ सडकको दुई ठाउँ र मालढुङ्गा–बेनी सडकको एक ठाउँ क्रस गरे लठ्ठा तार्नुपर्ने, विभिन्न ठाउँमा विद्युतका तारहरु भएका कारण सबै जोगाएर काम गरेको बताउनुभयो । ‘पुल निर्माणका बेला आएका सामान्य समस्या व्यवस्थापन गरेर लठ्ठा तानेर सकेका छौं, अबको ४५ दिनभित्र सबै काम सक्छौं ।’ खड्काले भन्नुभयो ।

नेपालका धेरै ठाउँमा लामा झोलुङ्गे पुलहरुको माग भएको र यो पुल निर्माण सम्पन्न भएपछि अन्य ठाउँमापनि पुल निर्माण विस्तार हुने प्राविधिकहरु बताउँछन् । पुल निर्माण सम्पन्न भए पर्वतको पाङ क्षेत्रवासीलाई बागलुङ बजारसम्म आउन सहज हुनेछ । कालिगण्डकी नदीको ठूलो खोंचको माथि पुल निर्माण हुनेभएपछि दुई घण्टाको यात्रा गर्नुपर्ने ठाउँमा ३० मिनेटमै पुग्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com