Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउनका बेला के खाने?

  • ६ वर्ष अगाडि

अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ।

द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक लाग्दा धेरैको मनमस्तिष्कमा सक हुन पुगे तापनि यसको सामना गर्नुको अर्को विकल्प छैन। तसर्थ यो समयलाई सरल, सहज र सुरक्षित बनाउनु नै तत्कालका लागि सबैको आवश्यकता हो।

लकडाउनको समयावधि लम्बिँदै जाँदा सबैका घरमा खाद्यान्नको अभाव हुँदै गएको सहज अनुमान लगाउन सकिन्छ। यो विषम समयमा घरमा जे छ त्यसैलाई सदुपयोग गरेर दिन गुजार्नु नै बुद्धिमानी हुनेछ।

हाम्रो शरीरलाई कर्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिनको जरुरत भए तापनि अहिलेको अवस्थामा सिएफ अर्थात् कार्बोहाइडेट, फ्याटभन्दा पिएफ (प्रोटिन, भिटामिन) जरुरी छ। घरमा बसिरहेको र कुनै काम नहुँदाको यो निष्क्रिय अवस्थामा कार्बोहाइडेट र चिल्लो पदार्थ कम गर्ने र त्यही अनुसारको खाना खाँदा स्वस्थकर हुन्छ। त्यसैले अहिलेको उत्तम डाइट भनेको मिक्स गरेर खानु नै हो।

दाल, गेडागुडी जस्ता प्रोटिन र भिटामिनयुक्त खाध्यान्नलाई झोलिलो बनाएर सेवन गर्दा उत्तम हुन्छ। भेटेसम्म र सहज भएसम्म सिट्रसयुक्त ताजा जुस पिउनु पनि शरीरको लागि अति फाइदाजनक मानिएको छ।

कुनै पनि फ्लु या ब्याक्टेरियाले हाम्रो शरीरको पाचन प्रकियालाई कमजोर बनाउने हुँदा यो समय झाडापखला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने हुँदा झन् शरीरमा इम्युनिटी शक्ति कमजोर हुन्छ र सहज रुपमा भाइरसको संक्रमण हुनसक्छ। तसर्थ मिक्स दाल तथा मिक्स तरकारीमा पर्याप्त मात्रामा झोल हालेर पकाएको खाना अहिलेको समयमा उचित हुन्छ।

शारीरिक रुपमा पनि कुनै कठिन काम गर्न नपर्ने हुँदा सकेसम्म लाइट खाना खादा उत्तम हुन्छ। अन्य दिन जस्तो नियमित रुपमा काममा नजाने हुँदा अहिलेको यो अवस्थामा हामीलाई कार्बोहाइडेट र चिल्लो पदर्थ भन्दा प्रोटिन र भिटामिनको जरुरत छ। अहिलेको अवस्था हेरी शरीरलाई जरुरत पर्ने केही संक्षिप्त र सरल विधि तल दिइएको छ।

सब्जी फाँडो : सब्जी फाँडो विभिन्न ताजा तरकारीहरु मिसाएर बनाउने नेपालको प्राचीन झोल तरकारी हो, जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नुहुन्छ। जस्तोः फर्सी, गाजर, लौका, चिचिन्डो, इस्कुस, टमाटर, हरियो सागसब्जी इत्यादि। यो भुजा या रोटीसँग खान सकिन्छ।

पञ्चकुवा : यो सुप जस्तो विभिन्न पाँच किसिमका गेडागुडी मिसार बानाइन्छ र बहुत झोलिलो हुन्छ। ज्वानो झानेर बनाइने यो गेडागुडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्ध समान जुटाएर सजिलै बनाएर पिउन या भुजासँग खान सक्नुहुन्छ।

जोगी जाउलो : जोगी जाउलो पनि एक नेपाली प्राचीन खाना हो, जसमा मिक्स दाल, चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ। यो खाना अहिलेको अवस्थालाई निकै उपयोगी सावित भएको छ।

दूधरोटी या दालरोटी : दूध उमालेर मुछेको पिठोलाई बेलेर सानोसानो पिसमा काटेर बनाइने दूध रोटी निकै स्वादिष्ट र स्वास्थ्यवर्धक मानिन्छ। यस्तै दालरोटी पनि राम्रो, सरल, सादा र स्वास्थ्यवर्धक मानिन्छ।

ज्वानोको झोल : ज्वानोको झोल बनाएर खाँदा पनि अहिलेको समयलाई उचित मानिन्छ। जसले शरीरलाई प्रतिरोगात्मक शक्ति बढाउनुको साथै शरीरमा तापक्रम बढाउन मद्दत गर्छ र संक्रमणको जोखिम हदसम्म हटाउँछ।

आलुतामा, बोडी : आलुतामा, बोडी पनि नेपालको एक प्रसिद्ध र प्राचीन खाना मानिन्छ। यो मैलिक खाना पनि अहिलेको लागि उत्तम हुनसक्छ र सहज रुपमा बनाउन सकिन्छ।

अन्डा झोल करी : यो तरकारी पनि एक प्रोटिनयुक्त झोल तरकारी हो। यो सहज रुपमा घरमै बनाउन सकिन्छ।

कुखुराको मासुको झोल : नेपाली स्टाइलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको पनि निकै स्वादिष्ट, सरल, पौस्टिकयुक्त र मौलिक खाना हो। यो भुजा या कोदो, फापरको ढिडोसँग खान सकिन्छ।

दही च्याँख्ला : मकैको च्याँख्ला र दही मुछेर खाँदा पनि निकै स्वादिष्ट, फाइबरयुक्त र स्वास्थ्यवर्धक हुन्छ। यसलाई हाम्रो प्राचीन र मौलिक खाना पनि मानिन्छ। यो खाना सहज रुपमा घरमै बनाउन सकिन्छ।

भटमासको सुप : भटमास भिजाएर पिसेर नेपाली स्टायलले सहज रुपमा बनाएर पिउन सकिन्छ।

ज्वानो जाउलो र मेथी जाउलो : ज्वानो या मेथी झानेर मिक्स भेज, मिक्स दाल, थोरै चामल, हरियो सागसब्जी हालेर झोलिलो तवरले बनाएको यो खाना पनि अहिलेको लागि उत्तम रेसिपी हुन्छ। source : swasthyakhabar

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com