Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

  • ६ वर्ष अगाडि

बागलुङ, बैशाख २३ गते । बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ । आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएको छ ।

भूँदीखोलामा आएको बाढीले पाइप बगाएपछि नगरपालिका–२ श्रीनगरटोल र वडा नं ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । यहाँका झण्डै एक हजार ५०० धारामा पानी बन्द भएको हो । संस्थाले सोमबारदेखि नै पाइप मर्मतको काम थालेको संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।

अप्ठ्यारो ठाउँमा रहेको पाइप बगाएका कारण मर्मत भएर पानी सञ्चालन हुन केही दिन लाग्ने संस्थाले जनाएको छ । लकडाउनका कारण घरभित्रै रहेका बजारवासीलाई पानीको अभाव हुने भएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भूँदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अन्य स्थानको पानी बजारमा आए पनि भुँदीको पानी भने पहिरोले पाइप बगाउँदा आइतबारदेखि पर्याप्त पानी आउन नसकेको शर्माले बताउनुभयो ।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको थियो । तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकाले काठेखोला मुहानबाट लिफ्ट प्रणालीबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ । नगरपालिकाभित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो । नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । अहिले बजारमा प्रतिसेकेण्ड ३० लिटर पानी आउँछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com