Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आइसुलेसन वार्डमा सङ्क्रमितकाे डान्स (भिडियाे सहित)

  • ६ वर्ष अगाडि

बुटवल, बैशाख २३ गते । गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आइसोलेसन अस्पतालमा ल्याइयो। सुनसान र एकान्त स्थानमा रहेको बुटवल धागो कारखानामा बनाइएको ५० बेडको अस्पतालमा एक जनामात्र संक्रमित कसरी बसेका होलान् र उनको उपचार तथा रेखदेख कसरी भइरहेको होला ?

आइसोलेसन अस्पताल तयार भएलगत्तै रुपन्देहीको सैनामैनाका बाबुराम थापा क्षेत्रीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएपछि कोरोना अस्पताल र स्वास्थ्यकर्मीहरूका बारेमा विभिन्न टीकाटिप्पणी बाहिर आएका थिए। यसपटक पनि कोटहीमाईका ती युवा आइसोलेसन अस्पतालबाटै भागेको भन्ने सामाजिक सञ्जालमा हल्ला चलाइरहँदा उनी अस्पतालभित्रै गीत बजाएर नाचेर दिन बिताउने गरेको भिडिओ सार्वजनिक भएको छ।

शुक्रबार साँझ आइसोलेसन अस्पतालमा ल्याइँदा नै सामान्य अवस्थामा रहेका उनी दिनभरि एक्लै अस्पतालभित्र बस्दा न्यास्रो लाग्न थालेपछि अस्पताल प्रशासनको सहयोगमा गीत बजाएर नाच्दै दिन कटाउने गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालभित्र बसिरहँदा न्यास्रो लाग्न थालेपछि फ्रेस हुन गीत बजाएर नाच्ने भनेपछि स्पिकर बजाएर गीत लगाइदिने गरेको बताए।

‘ठूलो अस्पतालभित्र एक्लै बस्न थालेको पाँच दिन भयो, दिनरात एक्लै बस्नुपर्दा न्यास्रो लाग्नु स्वभाविक हो, गीत बजाएर नाच्न र फ्रेस हुन खोजेपछि हामीले सहयोग गरेका हौं’, उनले भने । ‘गीत-संगीत गाउँदा र नाच्दा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत स्फुर्ति आउँछ, अस्पतालभित्र रमाइलो वातावरण बनाउन सके थेरापीको काम पनि गर्न सक्छ’, उनले भने।

संक्रमित युवाले सोमबार आफैंले गीत बजाएर नाच्न खोजेपछि साउण्ड सिष्टममा गीत लगाइदिएको डा. थापाले जानकारी दिए। संक्रमितहरूसँग दोहोरो कुराकानी गर्न र उनीहरूलाई समस्या भए जानकारी लिन सहयोग होस् भनी अस्पतालभित्र साउण्ड सिष्टम राखिएको छ। त्यही साउण्ड सिष्टमले ती युवालाई समय कटाउन सहज भएको डा. थापाले बताए। डा. थापाले आइसोलेसन अस्पतालमा उनीमात्र रहेको र उनको दोस्रो स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको जानकारी दिए।

सोमबार स्वाब पठाइएको र सम्भवतः बुधबार रिपोर्ट आउने उनले बताए। रुपन्देहीको भैरहवास्थित बिउ विजन कार्यालयमा स्थापित प्रादेशिक कोरोना ल्याबमा परीक्षणको लागि आवश्यक किट अभाव भएपछि परीक्षणको लागि स्वाब काठमाडौं पठाउनुपरेको उनले बताए। डा. थापाका अनुसार ती युवामा स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि लक्षण भने कुनै देखिएको छैन।

साभार: सेताेपाटी डटकम

आइसुलेसन कक्षमा डान्स गर्दै सङ्क्रमित भिडियाे

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com