Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बुद्ध जयन्तीका अवसरमा दीप प्रज्ज्वलन

  • ४ वर्ष अगाडि

पोखरा, बैशाख २५ गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउँनका बेला परेको विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्मजयन्ती तथा कोरोना भाइरसका विरुद्धको लडाइमा सक्रिय स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च सम्मानमा गण्डकी प्रदेशका सबै जिल्लामा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्म जयन्तीका अवसर तथा विश्वव्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ का विरुद्धमा लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवकको उच्च सम्मान, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना र मृत्युवरण गरेकाहरुको शान्तिका लागि दीपप्रज्ज्वलनको आव्हान गर्नुभएको थियो ।

बैशाख शुक्ल पूर्णिमालाई शान्तिका अग्रदूत गौतम बुद्धको सम्मान तथा स्मृतिमा विश्व शान्तिका लागि पुराउँनु भएको योगदानको कदर गर्दै बुद्ध जयन्ती मनाउँन थालिएको थियो । विगतका वर्षमा गण्डकी प्रदेशका विभिन्न ठाउँमा भव्यताका साथ बुद्ध जयन्ती मनाइने तथा विभिन्न चैत्य, गुम्बा, विहारमा भव्य पुजाआजा गरिने गरेको भएपनि यसवर्ष लकडाउँनका कारण धार्मिक स्थल, बजार, चोक तथा घरघरमा दीपावली गरेर बुद्ध जयन्ती मनाइएको थियो ।

बुद्धजयन्तीका अवसरमा दीप प्रज्ज्वलन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुद्धले विश्व शान्तिका लागि पु¥याएको योगदान अतुलनी भएको बताउनुभयो । अहिले मानव जगत आफ्नो अस्तित्वका लागि कोरोना भाइरस विरुद्ध लडिरहेको र त्यो लडाइमा प्रत्यक्ष सहभागी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकको योगदानको उच्च सम्मान गरेर बजारमा दीप प्रज्ज्वलन गरिएको म्याग्दीका सामाजिक अगुवा चन्द्रकुमार केसीले बताउनुभयो ।

‘गौतम बुद्धले विश्वमा शान्तिको सन्देश छर्नु भयो, यही समयमा विश्वमा त्रास फैलाएको कोरोना भाइरसका विरुद्धमा लडेर अर्को शान्तिको सन्देश दिन खटिरहेकाहरुलाई हामीले विर्सन सक्दैनौं, त्यसैले दीप प्रज्ज्वलन गरेर मानिसको अस्तित्वका लागि लडेका हतियार विहिन स्वास्थ्यकर्मीहरुलाई सम्झिरहेका छौं ।’ पोखराका विनय खड्काले भन्नुभयो ।

पाेखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा गरिएकाे दीप प्रज्ज्वलन
बागलुङमा गरिएकाे दीप प्रज्ज्वलन
बेनीमा गरिएकाे दीप प्रज्ज्वलन

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

मेयर देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमा

ताजा समाचार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

ट्रेन्डिङ

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com