Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

एक हप्तामा पाँच डेङ्गु सङ्क्रमित

  • ३ वर्ष अगाडि

म्याग्दी ।  म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत शुुरू गरिएको छ ।

एक हप्तामै नगरपालिकाभित्र पाँच डेङ्गुका सङ्क्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान शुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । सरोकारवालाका लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारिएको उहाँकोे भनाइ छ ।

नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेङ्गुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगसमेत लिने जनाइएको छ । नगरपालिकाभित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिका स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजीकरण गर्नुभएको छ । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।

डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेङ्गु भेटिएपछि जिल्लामा डेङ्गुको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न पनि नगरपालिकाले सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा किटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले बजारको सरसफाइसमेत गरिएको छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki