Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

  • ३ वर्ष अगाडि

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ । एउटै वडामा २३ र नजीकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ । पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीलाई सम्मान
नेपालगञ्जका कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नागरिकस्तरबाट सम्मान गरिएको छ । खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा एक हप्ता कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा फूलमालाले स्वागत गरिनाका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

एकहप्तासम्म सङ्क्रमित बिरामीको सेवामा रहेर नेपालगञ्जस्थित सेल्फ क्वारेन्टाइनका लागि होटलमा फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वागत तथा सम्मान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधासम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिँदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरि काममा फर्किने गरेका छन् । उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।
कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा रहेर दिनरात खटिएका स्वास्थ्यकर्मीलाई भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीलगायतले स्वागत तथा सम्मान गर्नुभएको हो । कोरोना बिशेष आइसोलेशन अस्पताल खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट उहाँहरुलाई फूलमाला वर्षाइएको थियो ।

भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्माले काम सकेर फर्किएका स्वास्थ्यकर्मीलाई गरिएको स्वागतसम्मानले समग्र स्वास्थ्यकर्मीको मनोबल उच्च भएकोे बताउनुभयो ।
नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएका २४ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले तयार गरेको कोरोना विशेष आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ । अस्पतालमा सरकारी मापदण्डानुसार विविध स्वास्थ्य उपकरणसहित भेन्टिलेशन जडान गरिएका आइसोलेशन कक्ष उपचारका लागि बिरामीमैत्री रहेको नर्सिङ अधिकृत शर्माले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com