Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

खेतमै कुहिन थाल्यो तरबुजा

  • वीरेन्द्र कर्ण
  • ३ वर्ष अगाडि

वीरगञ्ज । सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ ।

सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा तरकारी तथा तरबुजाखेती गर्दै आएकामा थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु दुई करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ , “ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तरबुजाको खेती गरेका थियौँ । बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो । परिश्रम पनि खेर गयो ।”

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ । प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
महोत्तरी जिल्लाको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौँ बिघामा व्यावसायिकरुपमा लगाएका तरबुजा समेत बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका बताइएको छ ।

पाकेको तरबुजा बजारसम्म पु¥याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहको गुनासो गर्नुभयो । उहाँले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताउनुभयो ।

तरबुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । यहाँ उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो ।

रौतहट जिल्लामा उत्पादित तरबुजा बजारसम्म पु¥याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन् । यसवर्ष डेढ बिघामा तरबुजाखेती गर्नुभएका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भन्नुभयो, “अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पु¥याउन नसकेका कारण घाटा व्यहोर्नु प¥यो । ”

बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पु¥याउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको उहाँले चिन्ता व्यक्ति गर्नुभयो ।

यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उहाँको भनाइ छ । प्रतिकट्ठा १५ क्विन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उहाँले दुखेसो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : ne[email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki