Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खेतमै कुहिन थाल्यो तरबुजा

  • वीरेन्द्र कर्ण
  • ६ वर्ष अगाडि

वीरगञ्ज । सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ ।

सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा तरकारी तथा तरबुजाखेती गर्दै आएकामा थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु दुई करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ , “ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तरबुजाको खेती गरेका थियौँ । बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो । परिश्रम पनि खेर गयो ।”

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ । प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
महोत्तरी जिल्लाको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौँ बिघामा व्यावसायिकरुपमा लगाएका तरबुजा समेत बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका बताइएको छ ।

पाकेको तरबुजा बजारसम्म पु¥याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहको गुनासो गर्नुभयो । उहाँले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताउनुभयो ।

तरबुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । यहाँ उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो ।

रौतहट जिल्लामा उत्पादित तरबुजा बजारसम्म पु¥याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन् । यसवर्ष डेढ बिघामा तरबुजाखेती गर्नुभएका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भन्नुभयो, “अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पु¥याउन नसकेका कारण घाटा व्यहोर्नु प¥यो । ”

बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पु¥याउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको उहाँले चिन्ता व्यक्ति गर्नुभयो ।

यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उहाँको भनाइ छ । प्रतिकट्ठा १५ क्विन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उहाँले दुखेसो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com