काठमाडाै, बैशाख २९ गते । विश्वव्यापी माहामारीकाे रुपमा फैलिइरहेकाे काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमण नेपालमा पनि बढ्दाे छ । साेमबार कपिलवस्तु जिल्लामा एकसाथ १० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टी भएपछि नेपालमा सङ्क्रमितहरुकाे सँख्या १२० पुगेकाे छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्ती अनुसार कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभुमी नगरपालिका वडा नम्बर ७, १० का १० जनामा काेराेनाकाे सङ्क्रमण पुष्टी भएकाे हाे ।
१८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुषलाइ काेराेनाकाे सङ्क्रमण पुष्टी भएकाे र उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे विज्ञप्तीमा जनाइएकाे छ ।