Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये ३६ उद्योग सञ्चालनमा

  • ६ वर्ष अगाडि

पोखरा । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिनुभयो ।

“सरकारले औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्य सुरक्षा एवं अधिकांश कामदार घर गएकाले पूरै उद्योग सञ्चालनमा आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “उद्योग खोल्न भने पनि सहज वातावरण छैन, कतिपय कच्चा पदार्थ भारतलगायतका स्थानबाट ल्याउनुपर्छ, भैरहवाबाट पोखरा आउन दुई–तीन दिन लाग्ने गरेको छ । बीचबीचमा रोकिन्छ तर सुरक्षा सतर्कताका लागि भरपर्दो जाँच हुनसकेको छैन, मजदुर पनि ढुक्कले काममा आउन सकेका छैनन्, उद्योग सञ्चालकहरुमा पनि एक प्रकारको त्रास छ ।” उहाँले औद्योगिक क्षेत्रमा करिब दुई हजार ५०० देखि तीन हजारसम्म मजदुर कार्यरत रहे पनि अहिले झण्डै एक हजार १०० कामदार मात्रै काममा फर्केको बताउनुभयो ।

सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् । उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।”

गोशेली प्रिन्टप्याकका प्रबन्धक विकास नकर्मीले सामान उत्पादन भए पनि निर्यातका लागि ढुवानीको समस्या भएको बताउनुभयो । “उद्योगमा ७० भन्दा बढी कामदार छन्, अहिले ४० मात्र आएका छन् । उत्पादन भएको सामग्री पनि निर्यातका लागि ढुवानी समस्या भएको छ ।” नकर्मीले कार्टुन र ट्वाइलेट पेपर उत्पादन हुने र काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने जानकारी दिनुभयो ।

ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै खपत हुने स्कूल, क्याम्पसलगयतका स्थान बन्द छन् । अधिकांश घरमा भएकाले पनि पाउरोटी, कुकिज, पपको माग कम छ । कामदार पनि आ–आफ्नो घर गएकाले अहिले सीमित कामदारबाट मात्रै उत्पादन र बिक्री वितरण गरेका छौँ ।” न्यौपानेले ३० कामदारमा अहिले १५ जनामात्रै रहेको जानकारी दिनुभयो । केही दिनयता १० बजेपछि पनि बिक्री वितरण गर्न पाएपछि सहज भएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com