Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

पोखरामा बैंक/ वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना पालना गरेनन्

  • ३ वर्ष अगाडि

पोखरा । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न÷गराउनका लागि सचेत गराइएको छ ।

जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

सिसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार अनुगमन गरिएका बैंक तथा वित्तीय संस्थामा सङ्क्रमण रोकथामका लागि पालना गर्नुपर्ने सुरक्षा उपायको पालना गरेको नदेखिएको बताउनुभयो ।

यही वैशाख २७ गतेदेखि सामाजिक दूरी कायम गर्ने÷गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यालय सञ्चालनका लागि अनुमति दिइएको बताउँदै उहाँले भन्नुभयो, “जति संस्थामा अनुगमन गरियो, त्यहाँ सुरक्षा उपाय अवलम्बन गरिएको पाइएन, त्यस्ता संस्थालाई सचेत गराउँदै मापदण्ड पालनाको निर्देशन दिइएको छ ।”

कार्यस्थलमा नियमित निसङ्क्रमित गर्ने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न÷गराउन प्रशासनले सबैमा सचेत गराएको छ ।

त्यसैगरी कार्यालयका जम्मा कर्मचारीको एकतिहाइ सङ्ख्या नबढ्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने, कार्यालय प्रमुखले लकडाउनको अवधिमा काममा खटाइएका कर्मचारीलाई अनिवार्यरूपमा खटाइएको दिन, बार र समय स्पष्ट खुल्ने प्रमाणित कागजात र आफ्नो परिचयपत्र लिई कार्यालय आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कृषि प्राविधिक रानाको च्याउखेती

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्योग सुरु

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

बढ्यो सुनको मूल्य

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki