Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दैलेखमा सकियो चामल

  • ६ वर्ष अगाडि

दैलेख । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएपछि थप चामलको बढाइदिन माग गरिएको छ । लकडाउनका कारण र खाद्यान्न सङ्कट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ । सदरमुकामभन्दा सस्तोमा गुणस्तरीय चामल पाएपछि जनतालाई राहतसमेत भएको छ । वैशाखसम्म आएको दुई हजार २०० क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल बिक्री भइसकेको छ । बचेको २०० क्विन्टल चामल, आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखामा यो वर्षका लागि दुई हजार २०० क्विन्टल कोटा निर्धारण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणासँगै बजारमा भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरुको सङ्ख्या एक्कासी बढेको स्थानीय श्याम रानाले जानकारी दिनुभयो ।

लकडाउनसँगै पहाडी जिल्लामा गरिब, विपन्न र दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेलाई खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परेको छ । जिल्लाका विभिन्न दुर्गम पालिका नौमुले, आठबीस र भगवतीमाई गाउँपालिका असिनापीडित क्षेत्र भएको भन्दै पालिकाले सिधैँ संस्थानबाट चामल खरिद गरेर विपन्न परिवार र किसानलाई वितरण गर्ने काम थालनी गरेका छन् । आपतमा परेका व्यक्तिका लागि भनेर १० पालिकाले गरिब, विपन्न र मजदुरी गरेर जीवन गुजारा गर्नेको तथ्याङ्क सङ्कलन गर्दै राहत वितरण कार्यलाई पनि निरन्तरता दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com