Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दाङ जिल्लामा लोप हुँदै रैथाने धान खेती

  • ६ वर्ष अगाडि

दाङ । दाङ जिल्लामा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । लमही, घोराही र तुलसीपुर क्षेत्रका किसानले पुरानो जातको धान सिम्ठारो, तिल्की, विन्देश्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी लगाउने गरेका थिए । पछिल्लो समयमा यी सबै जातका धान जिल्लामा कृषकले लगाउन छाडेका छन् ।
लमही–५ का रेशमबहादुर खड्काले पहिले रैथाने धानको खेती गर्ने गरे पनि हाल सो धानको खेती हराउँदै गएको बताउनुभयो । ‘‘जिल्लामा सिम्ठारो, तिल्की, विन्देश्वरीलगायत रैथाने धानको खेती गर्र्न छाडेका छन्’’, उहाँले भन्नुभयो । पछिल्लो समयमा जिल्लामा कृषकले हाइब्रिड बीउ प्रयोग गर्ने बढेका छन् । धेरैजसो किसानको रोजाइ हाइब्रिड जातका धान नै छ ।
धेरै उत्पादन हुने तथा कम सिँचाइ र हेरचाहबाट पनि धान उत्पादन हुने भएका कारण धेरैको रोजाइमा रैथानेभन्दा अन्य उन्नत र हाइब्रिड धानको खोतीतर्फ कृषक आकर्षित हुने गरेको स्थानीयवासी कृष्ण गिरीले बताउनुभयो । ‘‘ रैथाने धान हाइब्रिड र उन्नतभन्दा अलि कम उत्पादन हुन्छ, यसलाई धेरै मेहनेत चाहिन्छ, त्यसैले गर्दा पनि रैथाने धान लगाउन कृषक चाहँदैनन्’’, उहाँले भन्नुभयो ।
कृषि प्राविधिक माधव केसीले पुरानो जातको पुस्ता शुद्धीकरण नगर्नु र राज्यले स्थानीय जातको पुरानो धान उत्पादन बढाउन ध्यान नदिनुले लोप हुन पुगेको बताउनुभयो । ‘‘यसलाई बढावा दिन सचेतना, प्रचारप्रसार, तालीम र मौलिकतालाई ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय किसानले युएस ३१२, युएस ३०५, भिएनआर २२२३, २२४५ र उपजलगायत हाइब्रिड जातका धान बजारबाट खरीद गरी लगाउने गरेका छन् । रैथाने धान उत्पादन प्रबद्र्धन गर्न कृषि ज्ञानकेन्द्रले किसानलाई अनुदानसमेत दिने गरेको छ । जिल्लामा आवश्यक मूल्य तिरेर पनि रैथाने धान पाउन सकिएको छैन ।
कृषि ज्ञानकेन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलका अनुसार रैथाने धान प्रबद्र्धन गर्न अनुदानसमेत दिने गरिएको छ । ‘‘पुरानो जातको धानको प्रवद्र्धन हुन नसक्नुमा सबैभन्दा समस्या उत्पादन कम हुनु नै हो, यसमा स्वयं किसान जागरुक हुनु आवश्यक छ’’, उहाँले भन्नुभयो ।
जिल्लामा करीब ७० प्रतिशत जति हाइब्रिड धानको खेती हुने गरेको छ । अन्यले उन्नत र केही कृषकले भने आफूहरुले खानका लागि रैथाने धान लगाउने गरेका छन् । जिल्लामा करीब ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गरेको छ । बजारमा भने स्थानीय जातको धानको चामलको माग बढ्दो छ । हाल बजारमा विभिन्न अन्य जातका धानको चामल सहजरुपमा पाउने गरे पनि स्थानीय जातको धानको चामलको भने अभाव छ । ‘‘बजारमा तिल्की, सावा, मन्सुलीलगायत स्थानीय धानको मसिना चामलको माग धेरै छ’’, व्यवसायी निर्मल शर्माले भन्नुभयो, ‘‘खेती नै हुँदैन, कहाँ पाउनू ?”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com