Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जबजको सान्दर्भिकता झन् बढ्दो

  • ६ वर्ष अगाडि

काठमाडाै, जेठ ४ गते । नेपाल कम्युनिस्ट पार्टी गठनको दुई वर्ष पुगेको छ । कम्युनिस्ट आन्दोलनका प्रमुख दुई धार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि पार्टीले तात्कालिक कार्यक्रमको रूपमा ‘जनताको जनवाद’ अगाडि सारेको छ ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या भएको जेठ ३ गतेकै दिन दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताको सन्दर्भमा ‘जनताको बहुदलीय जनवाद’को सान्दर्भिकताबारे चर्चा परिचर्चा हुने गरेको छ ।

यसबारेमा नेकपाका महासचिव विष्णु पौडेलले भन्नुभयो, “जनताको जनवाद र जनताको बहुदलीय जनवादका अन्तरवस्तु र अन्तरतत्व समान छन् ।” उहाँका अनुसार ‘जबज’ले अगाडि सारेका अन्तरवस्तु र मूल्य मान्यतालाई नेकपाको तात्कालिक कार्यक्रम ‘जज’ले आत्मसात् गरेको छ ।

‘जबज’ नेपाली समाजमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा अगाडि सारिएको थियो । नेपाली क्रान्तिको तात्कालिक कार्यक्रमका रूपमा नेकपाले ‘जनताको जनवाद’ अगाडि ल्याएको छ । महासचिव पौडेलले भन्नुभयो, “जनताको जनवाद तात्कालिक कार्यक्रम भनिरहँदा समान अन्तरवस्तुको नयाँ नामकरण महाधिवेशनमा छलफल गरेर उपयुक्त निर्णयमा पुग्नेछौँ । ”

महासचिव पौडेलले लोकतन्त्रका सार्वभौम मान्यतालाई कम्युनिस्ट पार्टीले आत्मसात् गर्नुपर्छ र लोकतान्त्रिक प्रणालीका साथ अगाडि बढ्नुपर्छ भन्ने मान्यतासाथ मदन भण्डारीले जबजको सैद्धान्तिक खाका कोर्नुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आवधिक रूपमा जनताको विश्वास जितेर मात्रै राजनीतिक सत्ताको अधिकार कम्युनिस्ट पार्टीले लिनुपर्छ भन्ने धारणासाथ जनताको बहुदलीय जनवाद अगाडि सारिएको हो । ”

यस्तै डा. वेदुराम भुसालले पार्टी एकताको दुई वर्षको सन्दर्भमा एकतालाई उच्च महत्वसाथ लिनुपर्ने बताउनुभयो । डा. भुसालले जबजका चारवटा आयाम रहेको र त्यसका अन्तरवस्तुलाई ‘जज’ले आत्मसात् गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जबजका धेरै अन्तरवस्तु र आयामहरूको सान्दर्भिकता अहिले पनि छ । रूपका हिसाबले हिजोभन्दा अलि फरक रूपमा अँगालेका छौँ । ” डा. भुसालले जबजका चार आयामको चर्चा गर्दै सैद्धान्तिक र दार्शनिक, राजनीतिक, आर्थिक र सामाजिक एवं सांस्कृतिक आयाम प्रमुख रहेको बताउनुभयो । उहाँका अनुसार जबजले नेपालको परिप्रेक्ष्यमा माक्र्सवादलाई कसरी प्रयोग गर्ने भन्ने दार्शनिक र सैद्धान्तिक व्याख्या गरेको छ । यसको सान्दर्भिकता अहिले पनि कायम छ । राजनीतिक आयामका मान्यताहरू कार्यान्वयनमा छन् ।

आर्थिक आयामका रूपमा नेपालबाट सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण, दमन र उत्पीडनलाई पूर्ण रूपले अन्त्य गर्ने र स्वतन्त्र आत्मनिर्मर जनवादी अर्थतन्त्र निर्माण गरी समाजवादतर्फ अगाडि बढ्ने परिकल्पना जबजले गरेको छ । जुन आयामको प्रारम्भिक अवस्थामा नेपाल प्रवेश गरेको डा. भुसालको विश्लेषण छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुवर्गीय, बहुधार्मिक, बहुसांस्कृतिक चरित्रको समाज हो । यो समाजभित्र विभेद, असमानता छन् । तिनलाई मेटाउँदै जानुपर्छ र त्यसको ठाउँमा समानतामा आधारित समाज निर्माण गर्नुपर्छ भन्ने जबजको सामाजिक एवं सांस्कृतिक मान्यता हो । डा. भुसालले भन्नुभयो, “त्योअनुरूप सांस्कृतिक मूल्य मान्यता स्थापना गर्नुपर्छ । खासगरी श्रमको सम्मान गर्ने संस्कृति, मूल्य मान्यताको स्थापना गर्नुपर्छ; जसको सान्दर्भिकता कायमै छ । ”

नेकपाले अँगालेको नयाँ कार्यक्रम ‘जनताको जनवाद’मा जबजका चारवटा अन्तरवस्तु अधिकांश समाविष्ट भएको ठम्याइ डा. भुसालको छ । उहाँले भन्नुभयो, “जबजको अर्को महत्वपूर्ण पाटो भनेको शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समाजवादमा पुग्न सक्छौँ र त्यो समाजवाद लोकतान्त्रिक मूल्य मान्यताको हुनेछ भन्ने नै हो । ” उहाँले भन्नुभयो, “अहिले निर्माण गर्ने जनवादी व्यवस्था लोकतान्त्रिक मूल्यमान्यताको हुन्छ । त्यसका साथसाथै शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट प्राप्त गरिने समाजवाद पनि लोकतान्त्रिक मूल्य मान्यतासहित नै हुनेछ भन्ने जबजको लक्ष्य थियो ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com