Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा कोरोनाको उच्च जोखिममा

  • ६ वर्ष अगाडि

काठमाडौं । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।

गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो ।

नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले राजधानीलाई जानकारी दिइन् ।

गत वैशाख दोस्रो साता उपत्यकामा अलपत्र परेका तथा गाउँ फर्किन चाहनेहरूका लागि राजनीतिक पहुँचका आधारमा गाउँ पठाइएको थियो । ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र नेताहरूले दर्जनौं गाडी रिजर्भ गरेर उपत्यकाबाट मान्छे पठाएका थिए । लकडाउनको बिचैमा तीन दिन भीडभाड लागेको थियो भने केन्द्र सरकारले आँखा चिम्लिदिएको थियो । सोही समयमा उपत्यकामा थुप्रै व्यक्ति भित्रिएको उपत्यका छिर्ने नाकाका स्थानीय बताउँछन् ।

राजनीतिक पहुँचका आधारमा वैशाख अन्तिम सातासम्म थुप्रै व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । यसरी उपत्यका भित्रनेहरू क्वारेन्टाइन नबसी सिधै आफ्नो कोठामा पुग्ने गरेका थिए । तीमध्ये कतिपयले आफ्नो स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमणको पुष्टिसमेत भएको छ ।

पछिल्लो समय उपत्यकाका स्थानीय तह तथा वडाहरूले कोरोना परीक्षण गरेर मात्र घरभित्र पस्न निर्देशन जारी गरेका छन् । चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले उपत्यका बाहिरबाट आएकाबाट जोखिम बढेकाले सबै तथ्यांक संकलन गरेर आरडीटी जाँच सुरु गर्न लागिएको बताए । ‘हाम्रो नगरपालिकामा १५ सय जति पुग्ने रहेछन् । अरू नगरपालिकामा पनि थुप्रै भित्रिएका छन्,’ उनले राजधानीसँग भने, ‘हाम्रो नगरभित्रको आरडीटी चेक सोमबारदेखि सुरु गर्छौं ।’

यता, प्रहरी प्रशासनले काठमाडौं उपत्यका भित्रनेहरूमाथि २३ वैशाखदेखि मात्र कडा निगरानी सुरु गरेको थियो । बाहिरी जिल्लाबाट उपत्यका भित्रनेको संख्या बढ्दो रहेको र त्यसबाट संक्रमणको जोखिम देखिएपछि गृह मन्त्रालयले उपत्यका भित्रने तथा बाहिरिन नदिन पछिल्लोपटक कडाइ गरेको छ भने एक जिल्लाबाट अर्को जिल्ला जाने पासमा समेत कडाइ गरेको छ ।

सरकारले बाहिरी जिल्लाबाट उपत्यका भित्रने तथा एक जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेसँगै गत बिहीबारबाट लागू हुने यसअघि जारी भएका सबै किसिमका एक जिल्लाबाट अर्को जिल्ला जाने अस्थायी पास खारेज गरेको थियो ।

काठमाडौं उपत्यका भित्रँदा वा काठमाडौं उपत्यकाबाट बाहिरिँदा गृहको अनुमति अनिवार्य गरिएसँगै पछिल्लोपटक भने उपत्यका भित्रन पाएका छैनन् । तर, सरकारको निर्णय अघि नै उपत्यका छिरेकाहरूबाट भने उपत्यकामा उच्च जोखिम देखिएको छ ।राजधनी दैनिकमा खबर छ । 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com