Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लोकसेवा आयोगले परीक्षा सञ्चालन नभएका सबै परीक्षा स्थगित

  • ६ वर्ष अगाडि

काठमाडौँ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ । यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा÷लिखित परीक्षा÷प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिनुभयो ।

यसअघि सरकारले कोरोना भाइरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वास्थ्य–सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थगन गरेको थियो ।

उहाँका अनुसार आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरेको छ । आयोगले गत फागुन २८ गते प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरह पदका लागि भएका विभिन्न विज्ञापनमा दरखास्त लिने कार्य यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय गरेको छ । दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार .न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने भएको छ । यसैगरी आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाको लिखित परीक्षा स्थिति सामान्य भएपश्चात मात्र गर्ने भएको छ । आयोगले कुनै पनि चरणको परीक्षा कार्यक्रम (शारिरीक तन्दुरुस्ती परीक्षण, आइक्यू परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भइसकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरिसकेका निकाय÷संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गरिने सहायक प्रवक्ता सुदेवीले जानकारी दिनुभयो ।

उहाँले सम्बन्धित निकाय÷संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय÷संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com