Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

सीमा आइपुगेका सय नेपालीको उद्धार गरिँदै

  • ३ वर्ष अगाडि

भद्रपुर । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए ।

रेल स्टेशनमा झरेका नेपालीलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको उहाँको आरोप छ । “साँझमा भारत र नेपालको सीमा क्षेत्रमा भोकैतिर्खै आएका उनीहरुलाई पानी र चाउचाउको व्यवस्था त्यही ग¥यौँ”, अध्यक्ष साहले भन्नुभयो, “अहिले बिहान खानाको व्यवस्था गरेका छौँ । खाना खाएपछि उनीहरुलाई उद्धार गरेर जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको होल्डिङ सेन्टरमा पठाउँछौँ ।”

पालिकाको वडा नं १ मा रहेको लसुना सीमा क्षेत्रमा रहेका ३५ नेपालीमध्ये २५ झापाका विभिन्न पालिका र १० जिल्ला बाहिरको रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई दिनअघि मात्र ३२ जना यही नाका भएर नेपाल प्रवेश गरेका छन् । उनीहरुमध्ये केहीलाई सम्बन्धित पालिकाले लगिसकेको र बाँकी रहेकालाई क्वारेन्टाइनमा सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

त्यसैगरी आज बिहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ नेपाली आइपुगेका छन् । उनीहरुमध्ये १० पाठामारी र ५४ केचनाको सीमा क्षेत्रमा छन् । सीमा रहेका सुरक्षाकर्मीले उनीहरुलाई त्यही रोकेर राखेका छन् । “सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याउँछौँ, भारततिर फर्काउँदैनौँ”, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भन्नुभयो, “उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको जिल्लामा व्यवस्था गरिएको छ ।”

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले पूर्वीनाका काँकडभिट्टामा प्रवेश गर्ने नेपालीका लागि मेचीनगरमा, झापा गाउँपालिकाको सीमा क्षेत्रबाट आउनेलाई कनकाइ नगरपालिकास्थित कनकाइ क्याम्पस, भद्रपुर र कचनकवलका सीमा क्षेत्रबाट आउनेका लागि राख्न मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर तयारी गरिएको बताउनुभयो ।

उहाँले सीमा क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीलाई जिल्लाभित्रका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने र जिल्ला बाहिरका भए स्वास्थ्य परीक्षणपछि सम्बन्धित जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा आएर रोकिएका नेपालीका सङ्ख्या एक हजार बढी छन् ।

दुई दिनअघि पानीट्याङ्की, नक्लबाडी क्षेत्रमा रहेका एक हजार नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिएको थियो । तर, सङ्घीय सरकार र भारत सरकार दुवैको आदेश नआएको हुँदा उनीहरुलाई ल्याउन नसकिएको उहाँको भनाइ छ ।

सङ्क्रमितसँग आउने सबैको स्वाब परीक्षण

झापाको कचनकवल गाउँपालिका–६ मा कोराना पुष्टि भएका २३ वर्षीय युवा छ महिनाअघि मात्र रोजगारीका सिलसिलमा भारतको मुम्बइ गएका थिए । मुम्बइमा कोरोना सङ्क्रमण फैलिन थालेपछि आफू सुरक्षित बन्नका लागि उनी शनिबार मात्र भारतीय रेल चढेर फर्किएका हुन् । गलगलिया रेल स्टेशनमा उत्रिएर पाठामारी हुँदै उनी नेपाल प्रवेश गरेका हुन् ।

उनीसँगै नेपाल प्रवेश गर्ने अरु ३२ जना थिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले उनीहरुलाई सीमामा रोकेर केहीबेर राखेका थिए । सीमामा रोकिएका उनीहरुलाई लिन स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईँले पुग्नुभएको थियो । नाकाबाट कब्जा गरेर उनीहरुलाई ट्र्याक्टरमा सामाजिक दूरी कायम गरेर पालिकाकाको वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ छ । उनीहरु सबैलाई एकै स्थानबाट नभएर पाठामारी, केचना र घेराबारीबाट ल्याइएको थियो ।

शनिबार १२ बजे क्वारेन्टाइनमा आइपुगेका उनीहरु सबैको सोही दिन स्बाब सङ्कलन गरी विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको थियो । जसमध्ये १० जनाको परीक्षण रिपोर्ट आइसकेको र त्यसमा ती युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । “२३ जनाको रिर्पोट आउन बाँकी छ”, उनी मात्रै सङ्क्रमित हुन् वा अरु पनि रिर्पोट आएपछि मात्र भन्न सकिन्छ”, फोकल पर्सन चौलागार्इँ भन्नुहुन्छ ।

उनीसहित आउने सबैलाई परिवार वा अन्य कोहीसँग समेत सम्पर्क गर्न नदिइ सिधै क्वारेन्टाइनमा राखिएको हुँदा कचनकवल गाउँपालिका कुनै पनि वडामा सिल गर्नु नपरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताउनुभयो । झापामा यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा कोराना पुष्टि भएका दुई व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki