Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कुखुराले कुखुरा खाँदै, ३ करोडको कुखुरा जाममा

  • ६ वर्ष अगाडि

पाँचथर । लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुुखुरालाई दिने दानाको समेत अभाव हुँदा कृषक र व्यवसायी मर्कामा परेका हुन् ।

फिदिम नगरपालिका–२ पल्लोटारका कृष्ण मुरारी ओझाले लकडाउनको समयमा ब्रोइलर कुखुराको चल्ला लगाउनुभयो, उहाँले लगाएको चल्ला आजसम्म ७५ दिनको भइसक्यो । फ्रेसहाउस नखोलिनु र मासुको खपत नभएपछि अहिले उहाँको मात्रै रु १५ लाख बढीको कुखुरा अब खपत हुनेमा शङ्कै छ । उहाँ भन्नुहुन्छ, “अब बैंकको ऋणको किस्ता कसरी तिर्ने, अवस्था यस्तो भयानक भयो, अब यसतर्फ राज्यको पनि ध्यान पुगोस् ।”

यस्तै फिदिम–४ थाक्लेमा केशव खनालले लगाएको एक हजार १०० कुुखरामा अहिले दानाको अभाव र समयमै कुखुरा नउठाइदिँदा कुुखराले कुखुरालाई नै ठुँगेर र चारो खान नपाएर ३५० बढी कुखुरा मरिसकेका छन् । “रु १० लाखको कुखरा लगाइयो, अब बैंकबाट ऋण लिएर लगाएको कुखुरा नउठाइदिँदा त्यो पैसा कसरी तिर्ने कुनै उपाय छैन, यसका लागि सम्बन्धित निकायले हामीलाई पनि हेरिदिनुपर्यो”, खनालले भन्नुभयो ।

उहाँहरू त प्रतिनिधि पात्र मात्रै हो, उहाँहरूजस्ता धेरै कृषकले लगाएको कुखुरा अहिले जाममा परेको छ । चल्ला लगाएको ४५ दिनदेखि ५० दिनभित्रमा कुखुराको चल्ला उठाइसक्नुपर्ने हुन्छ तर अहिले १०० दिन कटेको कुखुरा पनि डिलर्सले उठाउन सकेका छैनन् जसका कारण पाँचथरमा मात्रै रु तीन करोड बढीको कुखुरा अहिले खपत हुन नसकेको पोल्ट्री हाउस सञ्चालक बताउँछन् ।

पाथीभरा पोल्ट्रीफार्मका सञ्चालक कुमार खरेलले भन्नुभयो, “चारो झापाबाट ल्याउनुपर्ने हो, नियमितरूपमा ल्याउन सकिएको छैन, ल्याएको चारो सबै कुखुरापालक कृषकलाई पु¥याउन सकिएको छैन, कुखुराको खपत छैन, लकडाउनका कारण फ्रेसहाउस बन्द छन्, पोल्ट्री सञ्चालक, कुखुरापालक कृषक मर्कामा परेका छन् ।”

यसअघि दैनिक ५०० बढी कुखुरा सदरमुकाम फिदिममा मात्रै खपत हुने गरेको थियो । अहिले पाँचवटा सम्म कुुखरा बिक्री हुने अवस्था नभएको फ्रेसहाउसहरु बताउँछन् । अब राज्यले क्षतिपूर्ति दिनुपर्ने तथा बिनाब्याज ऋण उपलब्ध गराउनुपर्ने कुखुरापालक कृषकको माग छ । कुखुरापालक कृषक अहिले दोहोरो मारमा परेका छन्, एकातिर डेढ महिनामा उठाउनुपर्ने कुखुरा तीन महिनामा पनि डिलरले उठाउन सकेको छैन भने अर्कोतिर कुखुराको वजन निरन्तर घट्ने भएको हुँदा कृषक दोहोरो मारमा परेका हुन् । अब यी कुखुराको मासु खपत भइसक्न लकडाउन खुलेर सहज परिस्थिति भयो भने पनि झण्डै दुई महिना लाग्ने पोल्ट्रीफार्र्म डिलर्सहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com