Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट

  • ६ वर्ष अगाडि

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गर्नुभएको छ । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको आज जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारतले मिचेको भूभाग ठोस कूटनीतिक प्रयास गरेर फिर्ता लिइने बताउनुभयो ।

उहाँले भारतको प्रतीक चिह्न चारमुखे सिंहमा ‘सत्यमेव जयते’ लेखिएकाले भारतले ‘सिहंमेव जयते’ को व्यवहार नगर्ने विश्वास नेपाल र नेपालीको रहेको बताउनुभयो । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट स्वीकृत भएको सदनलाई जानकारी दिँदै उहाँले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा समावेश गर्ने निर्णय गरेको बताउनुभयो । साथै नेपालको मानचित्रमा भएको परिवर्तन भोलिसम्ममा सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

संविधानको अनुसूचीमा उल्लिखित नक्सा संशोधनका लागि सदनमा संशोधन प्रस्ताव प्रस्तुत गरिने र त्यसलाई सदनले पारित गर्नेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो । विसं २०१८ सम्म तिरो उठाउने गरेको र जनगणना गरेको स्पष्ट हुँदाहुँदै नेपालको भूमि हडपिएकाले त्यो जसरी पनि फिर्ता लिइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

विगतका शासकहरूले भारतले हडपेको जमिनबारे मौन रहे पनि वर्तमान सरकारले सही निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो, “१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यसबेलाका शासकहरूले सहे,’ उहाँले भन्नुभयो, “अब यो ओझेल पर्नेछैन, सेलाउन दिइनेछैन । निष्कर्ष निकालिनेछ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइनेछ ।”रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com