Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पोखराका होटल असोजसम्म बन्द

  • विजय नेपाल
  • ३ वर्ष अगाडि

पोखरा । कोरोना भाइरस महामारीसँगै जारी लकडाउनले होटल व्यवसाय नराम्ररी प्रभावित छ । अन्यको तुलनामा ठूलो लगानी रहने होटल व्यवसाय संचालन हुन नसक्दा यहाँ कार्यरत हजारौं मजदुरको रोजीरोटी गुमेको छ । संचालकको लगानी खेर गएको छ ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा संचालित होटल पनि यही अवस्था लम्बिए असोजसम्म संचालन गर्न नसकिने संचालकले स्वीकारिसकेका छन् ।

कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेअनुसार मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकोले आगामी असोज महिनासम्म पोखराका होटलहरु पनि संचालन गर्न नसकिने पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

संघका अध्यक्ष विकल तुलाचनले भने, ‘लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलिहाले पनि कोरोना संक्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीकतै आन्तरिक आएपनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकोले मापदण्ड कायम गर्न गाह्रो छ । त्यसैले असोजसम्म होटल चलाउन सकिँदैन । ’ उनका अनुसार यही स्थितिमा संचालन खर्च बढ्ने, सरकारले राहतका प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आएपनि डुल्न जाने ठाउँ कही कतै छैन । समाजमा डर त्रास हटेको छैन ।

भनिन्छ, होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब १/२ वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा संचालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ । पोखरामा ठूला भनिएका पोखरा होटल ग्राण्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्याण्डमार्क, माउण्ट कैलाश लगायत होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत छन् । अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । नो वर्क, नो पेको अवधारणामा बेतलबी राखेका छन् । होटलमा हाल शुन्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन । असोजपछि के गर्ने भन्ने सवालमा संघले कोरोनाको प्रभाव र सरकारको नीति अनुसार त्यसबेलामात्र भन्न सकिने जनाएको छ ।

संघ अध्यक्ष तुलाचन भन्छन्, ‘सरकारले समग्र पर्यटन क्षेत्रको लागि राहतको प्याकेज दिनु कञ्जुस्याईँ गर्नु हुन्न । गत शुक्रबार आएको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई खासै सम्बोधन भएन । अब आउने बजेटमा भने यसलाई प्राथमिकतामा राखेर राहतका प्याकेज ल्याउनु जरुरी छ । सरकारले पनि एकखालको मापदण्ड ल्याउनुपर्दछ ।’

उनले अगाडि भने, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी लगानी थप्न लगाइयो । व्यवसायीले पनि सकीनसकी ठूलो ऋण लिएर लगानी थपे । महामारीकै कारण देखाएर सरकार पन्छिन मिल्दैन । अपनत्व त लिनुप-यो नि ।’

कुनै महामारी तथा विपत्ति निम्ँितदा यो व्यवसाय छिटो प्रभावित हुने र ढिलो उठ्छ । होटलकै कारण कृषि क्षेत्र, हाइड्रो क्षेत्रलाई समेत ठूलो टेवा दिएको छ ।

होटलमा कार्यरत मजदुरलाई तलब खुवाउन धौ–धौ छ । कारोबार नै शुन्य भएको अवस्थामा कसरी तलब खुवाउने भन्नेमै होटल संचालकलाई पिरलो थपिएको हो । होटल संघले नै भाडामा संचालित होटलहरुलाई घरभाडा छुट गरिदिन अपील समेत गरिसकेको छ । यस्तै, मजदुरलाई ६ महिना वा वर्ष दिनसम्म धानिनका लागि प्याकेज दिनुपर्ने माग गरेको छ । होटलले स्वरोजगार सिर्जना समेत गरेको हुँदा सरकार पन्छिन नमिल्ने उनीहरुको माग छ ।

पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल संघमा मात्र आबद्ध होटलको संख्या ४ सय बढी छ। त्यस्तै होटल तथा रेष्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकोमा कोरोनाकै कारण ८० प्रतिशत कर्मचारी घर फर्काइएका छन् । ती कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको भनाइ छ ।राजधानी राष्टिय दैनिकमा खबर छ । 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com